Logo

दर्ता नभएको मोबाइलमा सिमकार्ड नचल्ने

दर्ता नभएको मोबाइलमा सिमकार्ड नचल्ने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । मोबाइल खरिद गर्दै हुनुहुन्छ भने खरिदकर्तासँग मोबाइलको आइएमईआई दर्ता भएको अथवा नभएको बुझ्न नबिर्सनुहोस । दर्ता नभएका त्यस्ता मोबाइलमा सिम कार्ड नचल्ने बनाइने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता नभएको मोबाइलमा सिम कार्ड नचल्ने बनाउन लागेको हो । अवैध मार्गबाट भित्रने मोबाइल रोक्न यस्तो निगम नियम लागु गर्न लागिएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए ।

प्राधिकरणले यसका लागि परामर्शदाता नियुक्त गरेर प्राप्त सुझावका आधारमा कार्यान्वयन गर्ने योजना तयार गरेको उनले बताए । यसबाट नेपालमा बार्षिक कति मोबाइल भित्रन्छन् भन्ने यथार्थ तथ्यांक पनि निकाल्न सकिने उनले बताए ।

यो नियम लागु भएसँगै चोरी गरिएका मोबाइलमा सिम चल्दैन । जसले गर्दा ग्रे मार्केटबाट आउने मोबाइल कम हुन्छ । त्यस्तै कसैको मोबाइल चोरी भएमा आईएमईआई दर्ता हुने भएकोले ‘ट्रयाक’ गर्न सजिलो हुन्छ ।

यसबारे मोबाइल आयातकर्ता संघसँग समेत छलफल भइसकेको झाले जानकारी दिए । उनका अनुसार विगत बर्षभन्दा अहिले अवैध मागै हुँदै बजारमा मोबाइल भित्रने क्रम कम भएको छ । पहिला ५० देखि ६० प्रतिशतसम्म आउने गरेकोमा हाल १० प्रतिशतमा झरेको झाले जानकारी दिए ।
नेपालमा हालसम्म डेढ करोड मोबाइलका आईएमईआई नम्बर दर्ता भएको छ । आईएमईआई सुरु भएको २० महिनामा १ करोड ६९ लाख भन्दा बढी आईएमईआई दर्ता भएकोे हो । यसमध्य व्यक्तिगत तर्फका ४ हजार ५ सय ७६ र बाँकी व्यावसायीक तर्फ दर्ता भएका छन् । प्राधिकरणले अघिल्लो बैशादेखि मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यसहित आईएमईआई दर्ता शुरु गरेको हो ।

प्राधिकरणका अनुसार यो वर्ष मात्र ५२ लाखको हाराहारीमा मोबाइलको आईएमईआई नम्बर दर्ता भइसकेको छ । गतवर्ष ९९ लाख ९८ हजार आईएमईआई नम्बर दर्ता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार एउटा मोबाइल सेटमा २ ओटासम्म आईएमईआई नम्बर हुन्छ । यसरी हेर्दा हालसम्म करिब ७० हजार मोबाइल सेटमा आईएमईआई नम्बर दर्ता भएका छन् ।

प्राधिकरणले आईएमईआईको अनलाइन दर्ता पनि शुरु गर्ने भएको छ । त्यसका लागि वेब बेस अनलाइन रजिष्टे«शन सिस्टम तयार भइसकेको उनले जानकारी दिए । ‘सिस्टमको परिक्षण पनि भइसक्यो, अव भन्सारका कर्मचारी तथा मोव्बाइल आयातकर्तालाई राखेर तालीम दिएपछी काम शुरु गर्ने छौं ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL