Logo

धितोपत्र बोर्डले थाल्यो सम्पत्ति शुद्धीकरण अन्तरगत कारबाही, २ ब्रोकरलाई १०/१०लाख जरिवाना

धितोपत्र बोर्डले थाल्यो सम्पत्ति शुद्धीकरण अन्तरगत कारबाही, २ ब्रोकरलाई १०/१०लाख जरिवाना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारवाही गरेको छ । बोर्डले चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावरकोे नक्कली सेयर कारोबार गर्ने ब्रोकर, तिनका संचालक र सम्बद्ध व्यक्तिलाई सम्पत्ति सुद्धीकरण ऐन अन्तरगत कारबाही गरेको हो ।

बोर्डले नक्कली सेयर कारोबार गर्ने गोविन्द घिमिरे विरुद्ध मुद्दा तथा उक्त सेयर कारोबार गर्ने ब्रोकरलाई जरिवाना गरेको छ । जस अनुसार बोर्डले चिमिले हाइड्रोपावर कम्पनीको नक्कली सेयर खरिदबिक्रीमा सहयोग गर्ने अग्रवाल सेक्युरिटिजलाई १० लाख रुपैयाँ जरिमाना गरेको छ । कम्पनीले सम्पत्ति सुद्धीकरण ऐन विपरित काम गरेको भन्दै बोर्डले कारबाही गरेको हो ।

यसैगरी बोर्डले नेशनल हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबारमा संलग्न श्रीहरि सेयक्युरिटिजलाई पनि १० लाख रुपैयाँ जरिवाना गरेको छ । श्रीहरिलाई पनि सम्पत्ति सुद्धीकरण निवारण ऐन विपरित काम गरेको भन्दै कारबाही गरिएको बोर्डले जानकारी दिएको छ ।
यसैगरी ति दुबै कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम बोर्डको नियम पालना नगरेको भन्दै प्रति कम्पनी ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी बोर्डले सिप्रवी सेक्यूरिटिजलाई भने ५० हजार जरिवाना सहित सचेत गराएको छ । सिप्रवीले सो घटनाको सुरुवाती कारोबार मै थाहा पाएर घटनालाई बजारमा उजागर गरी सहयोग गरेको भन्दै न्युन जरिवाना सहित सचेत गराइएको बोर्डले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL