Logo

शारिरिक अपांगता भएकाले हिमाल आरोहण गर्न नपाउने

शारिरिक अपांगता भएकाले हिमाल आरोहण गर्न नपाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब दृष्टिबिहिन तथा अन्यप्रकारका शारिरिक अपांगता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न नपाउने भएका छन् । पर्यटन मन्त्रालयले सगरमाथालगायत अन्य हिमाल आरोहणका क्रममा हुने मृत्युलाई कम गर्ने उद्देश्यसहित यस्तो नयाँ नियमावली लागु गर्न लागेको पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

जसअनुसार शारिरिक रुपमा अपांगता भएका व्यक्तिले चिकित्सकको अनुमती विना सगरमाथा वा अन्य हिमाल आरोहण गर्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै कुनैपनि व्यक्ति एक्लै हिमाल आरोहण गर्न पाउदैन ।

मन्त्रिपरिषदको विधायन समितिले पारित गरेको नयाँ ‘पर्वतारोहण नियमावली अनुसार एक्लै कसैले हिमाल चढ्न नपाउने भएको हो । कम्तीमा साथमा अनुभवी गाइड लिएर मात्र हिमाल चढ्न सक्ने नयौपानेले बताए ।

यसले आरोहणमा हुने दुर्घटनालाई कम गर्ने उनकोे विश्वास छ । गत महिनादखि त्यसबारे छलफल भएकोमा हालै लागु भएको हो । राजपत्रमा सूचना निकालेसँगै सो नियम लागु हुने उनले बताए ।

त्यस्तै ७६ बर्ष भन्दा माथिकालाई सकेसम्म हिमाल आरोण नगर्न आग्रह गरिएको छ । केही समय अघि मात्र ८५ बर्षिय मीनबहादुर शेरचनको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको थियो । त्यस्तै १६ बर्षभन्दा मुनिका लागि आरोहणमा प्रतिबन्ध लगाउने तयारी थालेको जानकारी मन्त्रालयले दिएको छ ।

आरोहीहरुका अनुसार आरोहणमा कडाई नगर्दा हिमालमा भीड बढेको छ । जसले गर्दा सुरक्षालाई नै चुनौती दिएको छ ।

 

हालसम्म २९ शारिरिक अपांगता भएका व्यक्तिहरुले हिमाल आरोहणको प्रयास गरेका छन् । जसमध्ये १५ जनामात्र शिखरमा पुगेका छन् । त्यस्तै १९५३ देखि हालसम्म ८ हजार ३ सय जनाले सगरमाथा आरोहण गरेकोमा २८८ जनाको आरोहणका क्रममा मृत्यु भएको छ । जसमध्ये यसबर्षमात्र ६४८ जनाले हिमाल आरोहण गरेकोमा ६ जनाको मृत्यु भएको छ ।

यसबर्ष करिव २३७ जनाले तिव्वतपटीबाट हिमाल आरोहण गरेका हुन् ।

नेपालमा सगरमाथाका अतिरिक्त ४ सय भन्दा बढी हिमाली चुचुरा आरोहणका लागि खुल्ला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL