Logo

नयाँ बर्षले होटल भरिभराउ, ग्राहकलाई ‘बुकिङ क्लोजको खबर’

नयाँ बर्षले होटल भरिभराउ, ग्राहकलाई ‘बुकिङ क्लोजको खबर’


रक्षा रेग्मी
0
Shares

काठमाडौं । अंग्रेजी नयाँ बर्षमा परिवार वा साथिभाई अथवा कार्यलयबाट आन्तरिक भ्रमणको योजना बनाउनुभएको छ भने समयमै विचार पुर्याउनुहोला । राती बस्नका लागि होटलमा कोठा नपाउन पनि सक्नुहुन्छ ।  किनकी चितवन, पोखरा, लुम्बिनीलगायत अधिकांश पर्यटकिय नगरीका होटलहरुको कोठा बुकिङ भईसकेका छन् ।

नयाँ बर्षको पूर्वसन्ध्यामा काठमाडौंलगायत अन्य शहरका होटलका कोठाहरु भरिभराउ भइसकेको व्यवसायीहरुले बताएका छन् । डिसेम्बर २८ देखि २ तारिकसम्म पोखराका अधिकांश होटलका कोठाहरु बुक भइसकेको होटल क्राउन हिमालयजका प्रबन्ध निर्देशक आग्रह अर्याल बताउँछन् । ‘हिजो आज होटलको कोठा बुक गर्न फोन गर्ने ग्राहकलाई बुक क्लोजको सूचना दिन थालेका छौं’ उनले भने ।

पछिल्लो समय अंग्रेजी नयाँबर्ष मनाउने तथा आन्तरिक भ्रमण गर्नेको संख्या बढ्न थालेपछी होटलको अकुपेन्सी पनि बढेको हो ।

त्यसो त नयाँ बर्षमा विदेशी पर्यटक पनि नेपाल आउने गर्छन् । तर डिसेम्बर २० देखि जनवरी १० सम्म बाह्य पर्यटकको आगमन घट्ने होटल एशोसिएशन नेपालका महासचिव विनायक शाहले जानकारी दिए । ‘नयाँ बर्षमा विशेषगरी विदेशीहरु आफ्ना परिवारसँग बस्न रुचाउछन्, त्यसले गर्दा उनीहरुको फ्लो अलि कम हुन्छ ।’ तर पछिल्लो समय विदेशी परिवारसहित नयाँ बर्ष मनाउन नेपाल घुम्न आउने गरेको पनि पाइएको छ ।

क्रिस्मशदेखि नयाँ बर्षसम्म विदेशी पर्यटकको तुलनामा नेपाली पर्यटक बढी हुने व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार अहिले ७० प्रतिशत नेपाली र अन्य विदेशी पर्यटक छन् ।

अहिले राजधानीका तारे होटल, ठमेलका रेष्टुराँसहित पोखरा, लुम्विनी, मेघौली, बर्दीया, दाङलगायत अधिकांश होटलका रुमहरु बुकिङ भइसकेका छन् । त्यस्तै नयाँ बर्षको पार्टी गर्नेहरु बढ्दा होटल तथा रेष्टुराँ दिउँसो पनि खचाखच छन् ।

त्यसैगरी नयाँ वर्षमा होटलहरुले पर्यटक लक्षित विभिन्न आकर्षक प्याकेजहरु समेत ल्याउने गर्छन् । होटलहरुले पर्यटकका लागि गिफ्ट ह्याम्पर तथा मेन्यु वा रुमको भाडामा समेत छुट दिने गरेका हुन् ।

पछिल्लो समय नयाँ बर्षमा सांगितिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गर्न थालेका छन् । होटल संघले वा होटल तथा रेष्टुराँले छुट्टै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।

यसैक्रममा हाल चितवनमा हात्ति महोत्सव चलिरहेको छ । चितवनमा हालसम्म ९० प्रतिशत होटल रुम प्याक भइसकेको चितवन होटल व्यवसायी संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । त्यस्तै भोलीसम्म शतप्रतिशत पुग्ने उनले जानकारी दिए ।

त्यसैगरी पोखरामा नयाँ बर्षलाई लक्षित गर्दै सडक महोत्सव शुरु भएको छ । ‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरमा बिहिबारदेखि १९ औँ सडक महोत्सव शुरू हो ।

रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १८ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।

महोत्सबमा खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL