Logo

मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार

मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । अब मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन भन्दै ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए ।

अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ।

स्वास्थ्य मन्त्रालयले यस्ता बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सुर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। आज बसेको मन्त्रिपरिषदको बैठकले सो प्रस्ताव पास गरेको हो।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL