Logo

कुलमानले गरे भारतसँग १४५ मेवा विद्युत खरिद सम्झौता नविकरण

कुलमानले गरे भारतसँग १४५ मेवा विद्युत खरिद सम्झौता नविकरण


बिजखबर संवाददाता
729
Shares

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले भारतसँगको विद्युत खरिद सम्झौता नविकरण गरेको छ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नविकरण गरेको हो ।

उक्त सम्झौता नविकरण गर्न घिसिङको नेतृत्वमा उच्चस्तरीय टोली बुधबार बिहानै दिल्ली प्रस्थान गरेका थिए । भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन)सँग प्राधिकरणले बुधबार साँझ उक्त सम्झौता नविकरण गरेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘हामीले हाम्रो आवश्यकता अनुसार सन् २०१८ को मार्च अन्तिमसम्मका लागि नविकरण गरेका छौं,’ घिसिङले भने, ‘हालका लागि पुरानै दररेटमा विद्युत खरिद सम्झौता भएको छ ।’

प्राधिकरणले ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात गर्दै आएको छ ।

प्राधिकरणले भारतबाट यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्रवाहमा सहजता ल्याउनका लागिसमेत थप विद्युत जरुरी रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL