Logo

सेयर बजारमा एनआरएनको १० अर्ब भित्र्याउन अघि बढ्यो धितोपत्र बोर्ड

सेयर बजारमा एनआरएनको १० अर्ब भित्र्याउन अघि बढ्यो धितोपत्र बोर्ड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न प्रक्रिया अघि बढाएको धितोपत्र बोर्डले जानकारी दिएको छ । सोका लागि बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए ।

साथै एनआरएनले बोर्डबाट के कस्तो अपेक्षा गरेको हो सो विषयमा लिखित रुपमा जानकारी गराउन समेत आग्रह गरेका छन् । सेयर बजारमा एनआरएनको लगानी भित्र्याउन उपयुक्त व्यवस्था सम्बन्धमा सुझाव समेत पेश गर्न आग्रह गर्दै त्यस सम्बन्धमा निरन्तर छलफल तथा भेटघाट गर्दै जाने बताए ।

यसै हप्ता गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारी सो सम्बन्धमा छलफल गर्न धितोपत्र बोर्ड पुगेका थिए । सोही क्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा अन्य उच्च पदाधिकारीहरुबीच धितोपत्र बजारमा लगानी गर्ने सम्बन्धमा छलफल भएको थियो ।

सोही क्रममा एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएनहरु नेपालको पूँजी बजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेकोले जानकारी गराउँदै शुरुवातमा १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘सो कार्यका लागि बोर्डले आवश्यक नीतिगत व्यवस्था गरिदिनुपर्छ,’ भट्टले भने, ‘नेपालको पूँजी बजारमा एनआरएनले आवश्कय मात्रामा लगानी गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL