Logo

हायरपर्चेज कर्जाको अध्ययन गर्दै राष्ट्र बैंक, तत्काललाई निवेदन लिन बन्द

हायरपर्चेज कर्जाको अध्ययन गर्दै राष्ट्र बैंक, तत्काललाई निवेदन लिन बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायरपर्चेज कर्जा (सवारी कर्जा) दिने कम्पनीको निवेदन लिन बन्द गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार अबका दिनमा नयाँ गाडी बिक्रेता कम्पनीहरुले राष्ट्र बैंकमा हायरपर्चेजको लाईसेन्स लिन निवेदन समेत दिज नपाउने भएका छन् ।

हाल नेपाल राष्ट्र बैंकबाट हायरपर्चेजको लागि ७/८ वटा कम्पनीले लाइसेन्स लिइसकेको र सोही मात्रामा आवेदन परेकाले थप नयाँ निवेदन लिन बन्द गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । ‘हाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको विषयको अध्ययन गरिरहेको छ,’ उनले भने, ‘नेपालका लागि त्यस्ता संस्थाको के कति आवश्यक छ सो विषयमा अध्ययन गरेपछि मात्र अबका दिनका खुला गर्ने वा नगर्ने भन्ने विषयमा टुङ्गो लाग्नेछ ।’

बैंकद्वारा जारी निर्देशनमा कम्पनीलाई नीतिगत एवम् प्रक्रियागत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि निवेदन लिने कार्य स्थगन गरेको उल्लेख छ । राष्ट्र बैंकले २०७० सालमा सवारी साधनमा दिइने कर्जालाई सरलीकृत गर्न सवारी साधन बिक्री गर्ने कम्पनीहरुले सहायक कम्पनी खोलेर हायर पर्चेजकर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो ।

तर, अहिले धेरै कम्पनीले लाइसेन्स लिइसकेको र नयाँ लाइसेन्सका लागि पनि आधा दर्जनभन्दा बढी कम्पनीको आवेदन परेकाले त्यसलाई थप व्यवस्थित गर्न आवेदन लिन बन्द गर्नुपरेको पौडेल बताउँछन् । ‘राष्ट्र बैंकले कुनै वेला त्यस्ता संस्थाको आवश्यकता परेकाले लाइसेन्स खुला गर्यो,’ उनले भने, ‘अहिले मागभन्दा बढी आवेदन परेकाले बन्द गर्नु परेको हो ।’

अटो लोनमा समयसापेक्ष नियम परिवर्तन गर्दै आएको राष्ट्र बैंकले गत बर्ष कर्जाको सिमा ७० प्रतिशतबाट घटाएर ५० प्रतिशतमा सिमित बनाएको थियो । तर, व्यवसायीको आग्रह र दवावका कारण त्यसलाई बढाएर पुनः ६५ प्रतिशत पुर्याएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL