सय नेपालीमा २९ गरीब !

काठमाडौं । नेपालका २८ दशमलव ५ प्रतिशत जनता अझैपनी गरीब रहेको पाइएको छ । २५ प्रतिशत नेपाली बहुआयामिक रुपबाट गरीबी भएको तथ्यांक सार्वजनिक भएको हो ।

बहुआयामिक रुपबाट गरीबी भन्नाले धेरै प्रकारका सुविधाहरुबाट बञ्चित हुनु भन्ने बुझिन्छ ।  नेपाल सरकार, राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको बहुआयामिक गरिबीको क्षेत्रमा अनुसन्धान गरिरहेको अग्रणी संस्था ओपीएचआईको सहकार्यमा सो तथ्यांक तयार पारिएको हो ।

सूचांक अनुसार १ सय नेपालीमा २९ जना गरीब छन् ।

यस सूचाकंकले सन् २००६ देखि २०१४ को अवधिमा नेपालको गरीबी आधा घटेको । ० दशमलब ३१३ बाट ० दशमलब १२७ मा झरेको छ ।

बुधबार नेपाल बहुआयामिक गरिबी सूचांक २०१८ को सार्वजनिकीकरण कार्यक्रम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपालमा मौद्रिक तथा गैर मौद्रिक दृष्टिबाट गरिबी घटाउने कार्यको गति प्रभावकारी भएको बताए । तर विशेष गरी पोषण र शिक्षा क्षेत्रमा भएको मानवीय बञ्चितीकरणको फैलावट अझैपनि कठिन नीतिगत चुनौतीमा रुपमा रहेको एमपिआईले प्रष्ट पारेको जानकारी दिए ।

साथै प्रादेशिक रुपमा विभाजित यस बहुआयामिक गरिबी सूचांकले मुलुकको नयाँ संघीय स्वरुपको लागि प्रभावकारी नीति अंगिकार गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।

ओपिएचआईकी निर्देशक डा सबिना अल्किरेले राष्ट्रिय गरिबी निवारणमा नाटकीय र उत्साहजनक रुपमा कमी आएको भनी नेपालको प्रशंसा गरेका थिए ।

नेपालको एमपीआईले विश्वमा प्रचलित बहुआयमिक गरीबीका सूचकहरु अवलम्बन गरेको छ । यसले तीनओटा आयामहरु तथा कुपोषण,न्यून शिक्षा वा अपर्याप्त सरसफाई जस्ता १० ओटा सूचकहरुको भएको विश्वव्यापी एमपीआईको सूचांक अनुशरण गर्छ ।

बहुआयामिक गरिबी सूचांकले नेपालमा भर्खरै स्थापना भएका सात प्रदेशमा गरीबीको दरमा उल्लेखनीय भिन्नता रहेको देखाएको छ । सूचांक अनुसार प्रदेश नम्बर ६ र २ मा बहुआयमिक गरिबीको दर उच्च छ । प्रदेश ६ र २ का लगभग आधा जनता धेरै प्रकारका सुबिधाबाट बञ्चित भएका हुन् ।

प्रदेश नं ५ र ७ मा यो दर ३० प्रतिशत रहेको छ । प्रदेश नं ३ र ४ मा १५ प्रतिशत कम । अब गठन हुने प्रदेश सरकारले आफ्नो कार्य सुचारु गर्दा बजेट तथा बहुक्षेत्रीय नीतिहरुलाई अवलम्बन गर्न यस एमपिआईको आधार लिन सक्छन् ।

सूचांकले ९ बर्षसम्मका बालबालिका सबैभन्दा गरिब समुहमा परेको देखाएको छ । जसमध्ये ४१ दशमलब ६ प्रतिशत बहुआयामिक गरिबीमा रहेका छन् । अध्ययनको संरचनामा परिवर्तन गर्दा समेत नेपालका बालबालिकाहरु धेरै देशहरुमा जस्तै बहुआयमिक गरीबीबाट विषम रुपमा प्रभावित रहेको छ ।

नेपालले २००६ देखि २०१४ सम्ममा एमपिआईको दश ओटा सूचकमा उल्लेखनीय प्रगती गरेको छ । यसमध्ये कुपोषण र न्यून विद्यालय अवधि गरीबीमा सबैभन्दा बढी योगदान पुर्याउने सूचक हुन् ।


फेसबूक कमेन्ट गर्नुहोस्