Logo

एशियाली मुलुकको पासपोर्ट विश्वकै शक्तिशाली !

एशियाली मुलुकको पासपोर्ट विश्वकै शक्तिशाली !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पासपोर्ट संकलन गर्नु सम्भ्रान्त को प्रतिक मानिदै आएको छ । त्यसो त घुम्नमा धेरै रुची राख्नेहरुले पनि पासपोर्ट संकलन गर्ने गरेका छन् । तापनी कुनै देशको पासपोर्टको माग अन्यको तुलनामा बढी हुने गरेको छ ।

एउटा पासपोर्टबाट विना भिषा धेरै देश घुम्न मिल्ने भएकोले पनि त्यस्ता देशका पासपोर्टको माग बढेको हो ।

हालै सिंगापुरको पासपोर्टलाई पनि विश्वको शक्तिशाली पासपोर्टमा सूचीकृत गरिएको छ । एडभाइजरी फिर्म अर्टन क्यापिटकको द २०१७ ग्लोबल पासपोर्ट पावर र्यांक मा सिंगापुर समेटिएको हो ।

कुनै पनि देशको पासपोर्टबाट कति देशमा भिसा विना प्रवेश गर्न मिल्छ भन्ने प्रमाणका आधारमा शक्तिशाली मानिएको हो । जसअनुसार सिंगापुरले १५९ अंक प्राप्त गरेको छ । मतलब सिंगापुरको पासपोर्टबाट १५९ देशमा विना भिसा प्रवेश गर्न सकिन्छ ।

सिएनएनका अनुसार सिंगापुरलाई पाराग्वेले भिषा बिनाको प्रवेश दिएसँगै शक्तिशाली पासपोर्ट हुने देशको सूचीमा परेको हो ।

यो निर्णय नभएसम्म जर्मन र सिंगापुर दुवै देश एउटै स्थानमा थिए । जर्मन पछी स्वीडेन र साउथ कोरियाको पासपोर्टबाट १५७ देशमा भिसा बिना प्रवेश गर्न सकिन्छ ।

एसियाली मुलुकको शक्तिशाली पासपोर्ट पाएको यो पहिलो पटक हो । एजेन्सि

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL