Logo

मर्चेन्ट बैंक माथी धितोपत्र बोर्डको अंकुश, आफु सेयरधनी रहेको कम्पनीको बिक्री प्रबन्धक बन्न रोक

मर्चेन्ट बैंक माथी धितोपत्र बोर्डको अंकुश, आफु सेयरधनी रहेको कम्पनीको बिक्री प्रबन्धक बन्न रोक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट वैंकरहरुलाई आफु आधारभूत सेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्न रोक लगाएको छ । मर्चेन्ट वैंकिङ्ग व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बोर्डद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । बोर्ड मर्चेन्ट बैंकलाई विभिन्न ३ बुँदे निर्देशन दिएको हो ।

बोर्डको नयाँ व्यवस्था अनुसार अब मर्चेन्ट वैंकरहरुले आफु आधारभूत सेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध कार्य गर्न पाउने छैनन् । निष्काशन तथा विक्री प्रवन्धकले आफुले निष्काशन तथा विक्री प्रवन्धको कार्य गरेको धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्रको प्रत्याभूति नगर्न समेत निर्देशन दिएको छ ।

आफु आधारभूत सेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको निष्काशन तथा विक्री प्रवन्धकले धितोपत्रको प्रत्याभूति गर्दा स्वार्थ बाझिन सक्ने भन्दै बोर्डले यस्तो निर्णय गरेको हो । नयाँ व्यवस्थाबाट धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित भई अझ स्वच्छ, स्वतन्त्र तथा पारदर्शी हुने वोर्डको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL