Logo

सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल, व्यक्तिगततर्फ सिद्धार्थ शम्शेर जबरा

सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल, व्यक्तिगततर्फ सिद्धार्थ शम्शेर जबरा


बिजखबर संवाददाता
4.4k
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागलको सबैभन्दा बढी कर तिर्ने सुर्य नेपाल प्रालिलाई सम्मान गरेको छ । सुर्य नेपालले आर्थिक बर्ष २०७३÷७४ मा सबैभन्दा बढी करे तिरेको हो ।

विभागले छैठौं राष्ट्रिय कर दिबसको अवसरमा विभिन्न १५ वटा बिधा अन्तरगत बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । जसमा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर सिद्धार्थ शम्शेर जबरा परेका छन् । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष राणाले गत आबमा व्यक्तिगत तर्फ सबैभन्दा कर तिरेका हुन् ।

सर्यु नेपालले यस अघि पनि सबैभन्दा बढी कर तिरेको थियो । कर दिवसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मुख्य सचिव लोकदर्शन रेग्मीले सुर्य नेपालका कर्पोरेट उपाध्यक्ष रबि केसीलाई खादा र कदरपत्र दिएर सम्मान गरेका हुन् । यसैगरी राणाले अघिल्लो बर्ष पनि सबैभन्दा बढी कर तिर्ने करदाता घोषित भएका थिए ।

यसैगरी सबैभन्दा बढी मुल्य अभिबृद्धि कर (भ्याट) तिर्नेमा पवनकुमार इन्टरनेशनल रहेको छ । सो कम्पनीले गत आबमा सबैभन्दा बढी भ्याट तिरेको हो ।

२०७३/७४ मा निर्यातकर्तातर्फ बढी आयकर तिर्नेको पहिलो सुचिमा भर्सेन टेक्नोलोजी रहेको छ भने विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा हिमाल पावर रहेको छ । बीमा व्यवसायतर्फ बढी आयकर तिर्नेमा नेपाल पुर्नबीमा कम्पनी रहेको छ

सबैभन्दा धेरै कर तिर्ने बैंक तथा वित्तीय संस्थामा हिमालय बैंक परेको छ । त्यसैगरी, कृषि एवं पशुपन्छीजन्य उद्योगबाट राष्ट्रिय विउ कम्पनी, सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक, व्यापार व्यवसायबाट सिप्रदी ट्रेडिङ परेका छ ।

यस्तै स्वास्थ्य तथा शिक्षातर्फ त्रियोग स्कुलले सबैभन्दा बढी आयकर तिरेको छ भने सुचना तथा प्रविधिमा वल्र्ड लिंक, पर्यटन व्यवसायमा टाइगर टप्स प्रालि रहेको छ ।

साना करदातामा (५ करोड रुपैयाँसम्म) डा. उपेन्द्र देवकोटाले सबैभन्दा बढी आयकर तिरेका छन् भने भने मझौला करदाता (वार्षिक ५ करोडदेखि४० करोड रुपैयाँसम्म कारोबार भएका) मध्ये सबैभन्दा बढी आयकर तिर्नेमा गोर्खा डेभलपमेन्ट बैंक परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL