Logo

मध्यविन्दुमा १ अर्ब ९० करोडको सिमेन्ट उद्योग खुल्दै, चिनियाँ कम्पनीको लगानी

मध्यविन्दुमा १ अर्ब ९० करोडको सिमेन्ट उद्योग खुल्दै, चिनियाँ कम्पनीको लगानी


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नवलपरासीको मध्यविन्दुमा नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । मध्यविन्दुमा तियानी सिमेन्ट इन्डष्ट्रिज प्राली नामक उद्योग सञ्चालनमा आउन लागेको हो ।

चिनियाँ तथा नेपाली लगानीमा संचालनमा आउन लागेको तियानी सिमेन्टलाई उद्योग विभागले स्वीकृति प्रदान गरेको छ ।

उद्योगमा सिचुवान तियानी ग्रुप लिमिटेड मेनल्याण्ड र नेपालका लोकेन्द्रबहादुर कार्कीको संयुक्त लगानी रहेको छ । जसमा चिनियाँ कम्पनीको ७० र ३० प्रतिशत कार्कीको लगानी रहने उद्योग विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए ।

उद्योग १ अर्ब ९० करोड रुपैयाँ लगानीमा निर्माण गर्न लागिएको हो । उद्योगको स्थिर पूँजी १ अर्ब ८० करोड र चालु पूँजी १० करोड रुपैयाँ रहने छ । तियानी उद्योगले ओपिसी, पिपीसी र पिएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्ने छ ।

उद्योग संचालनमा आएसँगै १ लाख ७ हजार मेट्रिक टन ओपिसी, ८ हजार ६ सय ३० मेट्रिक टन पीपीसी र ६ हजार मेट्रिक टन पिएससी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको विभागले जानकारी दिएको छ ।
उद्योग सञ्चालनमा आएसँगै २ सय ७७ जनाले रोजगारी पाउने छन् ।

तियानी सिमेन्ट इन्डष्ट्रिज प्रालीले उद्योग सञ्चालनका लागि राखेको प्रस्तावको उद्योग बिभागको सोमबार बसेको बैठकले अनुमती दिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL