Logo

लय समात्दै नेप्से, ३ दिनमा ५५ अंकको बृद्धि

लय समात्दै नेप्से, ३ दिनमा ५५ अंकको बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय लगातार ओरालो लागेको नेप्से परिसुचक यस हप्ता भने दोहोरो अंकले बढेको छ । दशैं पछि ओरालो लाग्न शुरु गरेको नेप्से यस हप्ताको शुरु देखि नै उकालो लागेको छ ।

यस हप्ताको ३ दिनका नेप्से परिसुचक ५५ अंकले बढ्न पुगेको छ । आईतबार १६ दशमलव ४१ अंकले बढेको नेप्से परिसुचक सोमबार १३ दशमलव ७४ अंकले बढ्न पुगेको थियो । यसैगरी मंगलबार पनि बजार खुलेदेखि नै बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा २५ दशमलव १४ अंकले बढेको छ ।

मंगलबार बजारमा सबै समुहका परिसुचक उकलो लागेका छन् । जसमा बीमा र बैंकिङ समुहको योगदा बढी रहेको छ । बीमा समुहको परिसुचक १ सय १३ अंकले बढ्दा बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक भने २१ दशमलव ६१ अंकले उकालो लागेको छ ।

यसैगरी माइक्रोफाइनान्स समुहको परिसुचक ६७ अंकले बढ्दा विकास बैंक परिसुचक २८ अंकले उकालो लागेको छ ।

बजारमा कारोबार रकमले पनि फड्को मारेको छ । दैनिक ४० देखि ५० करोड रुपैयाँको हाराहारीमा भइरहेको सेयर खरिदबिक्री मंगलबार ७५ करोड रुपैयाँभन्दा माथी पुगेको छ । जसमा १ सय ६५ कम्पनीको १८ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL