Logo

एनालग प्रविधिका केवल टिभी आजदेखि बन्द

एनालग प्रविधिका केवल टिभी आजदेखि बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबारदेखि एनालग प्रविधिमा चलिरहेका केवल टिभी बन्द हुने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आजदेखि पहिलो चरणमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा एनालग प्रविधिमा सञ्चालित केवल टिभी बन्द गर्न लागेको हो ।

केहि दिनअघि कात्तिक २७ गतेसम्म सबै केबल टेलिभिजनलाई एनालगबाट डिजिटलमा रुपान्तरण गर्न म्याद दिएको थियो ।

टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपमान्तरण गर्ने उद्देश्यसहित एनालग प्रविधिको टिभी बन्द गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।
यता गाउँपालिकाका लागि भने आगामी बैशाख १५ गतेसम्म प्रविधि अपग्रेड गर्ने समयसीमा तोकिएको छ ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइने छ ।

सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन समेत आग्रह गरेको छ । केवल टेलिभिजनहरुलाई महासंघमा आवद्ध टेलिभिजनहरुलाई पनि आजदेखि नै एनालग बन्द हुने मन्त्रालयले जनाएको छ ।

अन्तरराष्ट्रिय दूरसञ्चार युनियनको विश्वभर एनालग प्रणालीलाई विस्थापित गर्ने नीति अनुसार मन्त्रालयले यस्तो गर्न लागेको हो ।  डिजिटल प्रणालीमा गएसँगै केवलले प्रत्येक टेलिभिजनमा छुट्टाछुट्टै सेटटप बक्स राख्नु पर्ने हुन्छ ।

मन्त्रालयले चरणबद्ध रुपमा तीन बर्षभित्र एनालग प्रणाली पूर्ण रुपमा विस्थापित गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL