Logo

भारतसँग नेपालको अधिकांश बस्तुको निर्यात घट्यो, ५२ मा ४० बस्तुको गिरावट

भारतसँग नेपालको अधिकांश बस्तुको निर्यात घट्यो, ५२ मा ४० बस्तुको गिरावट


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । नेपालबाट भारतमा निर्यात हुने अधिकांश बस्तुको निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको पहिलो २ महिनाको तथ्याङ्क अनुसार भारतमा निर्यात हुने प्रायःजसो बस्तुको निर्यात घटेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भारतमा मुख्य मुख्य ५२ बस्तुहरु निर्यात हुँदै आएको छ । जसमध्ये ४० वटा बस्तुको निर्यातमा गिरावट आएको छ ।

सो अबधिमा नेपालबाट निर्यात हुने तामाको तार, जुटका सामान, मुसुराको दाल, पस्मिना, रेडिमेट गार्मेन्ट, तरकारीलगायतका मुख्य मुख्य बस्तुको निर्यात घटेको हो । सो अबधिमा निर्यातको मुख्य सुचीमा रहेका कतिपय बस्तुको निर्यात नै नभएको तथ्याङ्कले देखाएको छ ।

सो अबधिमा आईपुग्दा नेपालको कुल निकासी बृद्धिदरमा पनि गिरावट आएको छ । अघिल्लो बर्षको पहिलो २ महिनामा नेपालको कुल निकासी बृद्धिदर ७ दशमलव ७ प्रतिशत रहेकोमा चालू आवको सोही अबधिमा आईपुग्दा ३ दशमलव ३ प्रतिशतमा झरेको छ ।

सो अबधिमा नेपालबाट निर्यात हुने मुख्य नाका बीरगञ्ज भन्सार, सुख्खा बन्दरगहा भन्सार, भैरहवा भन्सार, कृष्णनगर भन्सार र कैलाली भन्सार नाकाबाट भएको निर्यातमा गिरावट आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL