Logo

८८ किलो सुन तस्करीमा संलग्न ११ जना विरुद्ध मुद्दा दायर, ४३ करोड बिगो दाबी

८८ किलो सुन तस्करीमा संलग्न ११ जना विरुद्ध मुद्दा दायर, ४३ करोड बिगो दाबी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महानगरीय प्रहरी अपराध अनुसान्धान शाखाले ८८ किलोग्राम सुन तस्करीमा संलग्न विरुद्ध मुद्दा दायर गरेको छ । महानगरीय प्रहरीले सुन तस्करीमा संलग्न ११ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको होे ।

प्रहरीले गत १९ भदौमा केरुङ नाका हुँदै भित्रिएको ८८ किलो सुन ठमेलबाट बरामद गरेको थियो । सोही सुन तस्करीमा संलग्न विरुद्ध आज मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध ४३ करोड रुपैयाँ बिगो दावी गर्दै प्रहरीले मुद्दा दायर रहेको हो ।

प्रहरीले तस्करीमा संलग्न शुभरत्न शाक्य, नन्दकुमार पाण्डुरंग मगर्ले, उल्लाहास दिनकर लालुङ्गे, मानबहादुर तामाङ, गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, नन्दकुमार पाण्डुरंग मगर्ले, उल्लाहास दिनकर लालुङ्गे, मानबहादुर तामाङ र ल्याक्पा ग्याल्जोङविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ ।

यस्तै घटना दोषी ठहरिएका चिनियाँ नागरीक याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामाविरुद्ध पनि मुद्दा दायर भएको छ । तर, उनीहरु हालसम्म फरारको सुचीमा रहेको प्राहरीले जानकारी दिएको छ । सो घटनामा ड्राइभरलाई भने निर्दोष ठर्हयाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL