Logo

नेपालमै पहिलो पटक दुरसञ्चार पूर्वाधार सेवाका लागि खुल्यो लाइसेन्स

नेपालमै पहिलो पटक दुरसञ्चार पूर्वाधार सेवाका लागि खुल्यो लाइसेन्स


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले देशमै पहिलोपटक दुरसञ्चार पूर्वाधार सेवा उपलब्ध गराउन ईच्छुक सेवा प्रदायकका लागि लाइसेन्स खुला गरेको छ । प्राधिकरणले शुक्रबारदेखि लागु हुने गरी दुरसञ्चारसँग सम्बन्धित पूर्वाधारको सेवा दिने अधिकारसहित दुई ओटा लाइसेन्स खुला गरेको हो ।

दुरसञ्चार पूर्वाधारमा दोहोरो लगानी कम गर्दै पूर्वाधारको सह प्रयोगलाई प्रवद्र्धन गर्न यस्तो लाइसेन्स खुला गरिएको प्राधिकरणले जनाएको छ । लाइसेन्स प्राप्त सेवा प्रदायकले दूरसञ्चारसँग सम्बन्धित उपकरण दुरसञ्चार तथा इण्टरनेट सेवा प्रदायकलाई उपलब्ध गराउन सक्नेछन् ।

अहिले सम्बन्धित सेवा प्रदायक आफैले दुरसञ्चार पूर्वाधारको पनि व्यवस्थापन गर्दै आएका छन् । सेवा प्रदायकले नै पूर्वाधारमा पनि लगानी गर्दा दुरसञ्चार सेवा महङ्गो भएको र यसले दोहोरो लगानी बढाएकोले त्यसलाई समाधान गर्न प्राधिकरणले नयाँ लाइसेन्स खुला गरेको जानकारी दिएको छ ।

विकट क्षेत्रमा कुनै सेवा प्रदायकले दुरसञ्चार पूर्वाधार विस्तार गर्दा त्यसको पूर्ण उपयोग पनि हुन नसकेको र त्यतिकै खर्चमा अर्को सेवा प्रदायकले पनि पूर्वाधार विस्तार गर्नुपर्ने बाध्यता अहिले विद्यमान छ । प्राधिकरणले पूर्वाधार सेवाका लागि छुट्टै लाइसेन्स उपलब्ध गराएर धेरै सेवा प्रदायकले एउटै पूर्वाधार प्रयोग गर्न सक्ने प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणका अनुसार दुरसञ्चार पूर्वाधारको क्षेत्रमा अनुभव र क्षमतासहित ईच्छुकले डिसेम्बर १७ भित्र आवेदन दिन सक्नेछन् । सोही दिन सबै प्रतिनिधिका बीच प्राधिकरणले आवेदन खुला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL