Logo

बुधबारको निर्णय बिहिबारसम्म टिकेन, प्रधानमन्त्रीको निर्देशन पछि इन्धनको मूल्यवृद्धि फिर्ता

बुधबारको निर्णय बिहिबारसम्म टिकेन, प्रधानमन्त्रीको निर्देशन पछि इन्धनको मूल्यवृद्धि फिर्ता


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । बुधबार बेलुका पेट्रोलियम पदार्थसहित ग्याँसको पनि मूल्य वृद्धिको निर्णय गरेको नेपाल आयल निगमले बिहिबार कार्यालय समय सुरु हुनासाथ सो निर्णय फिर्ता गरेको छ । यो सँग उपभोक्ताले बुधबार कायम मूल्यमै इन्धन खरिद गर्न सक्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको समयमा मूल्य वृद्धिले नकारात्मक सन्देश जाने भन्दै यसलाई फिर्ता गर्न निर्देशन दिएपछि निगम आफ्नै निर्णयबाट पछि हटेको हो ।

निगमले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मुल्य प्रतिलिटर एक सय रुपैया कायम गरेको थियो । त्यस्तै डिजल र मट्टीतेलको मूल्य बढाएर समान ७५ रुपैयाँ ५० पैसा तोकेको थियो । ग्याँस प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १३५० रुपैयाँ लागु गर्ने निगमको निर्णय थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL