Logo

व्यवसाय गर्न नेपाल दक्षिण एसियाकै तेस्रो सजिलो देश, साना लगानीकर्ता सुरक्षामा अगाडी

व्यवसाय गर्न नेपाल दक्षिण एसियाकै तेस्रो सजिलो देश, साना लगानीकर्ता सुरक्षामा अगाडी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवसाय सञ्चालन गर्न सहज देशमध्य नेपाल दक्षिण एसियाली देशको सुचीमा तेस्रो स्थानमा परेको छ ।

विश्व बैङ्क समुहले नेपाली समय अनुसार मङ्गलबार राति सार्वजनिक गरेको ‘डुइङ बिजनेस’ प्रतिवेदन अनुसार नेपाल भुटान र भारतपछि तेस्रो स्थानमा परेको हो ।

विश्वभरका १९० देश समेटिएको प्रतिवेदनमा नेपालले १०५ औं स्थान प्राप्त गरेको छ ।

दक्षिण एसियामा व्यवसाय गर्न सहज देशको सुचीको पहिलो स्थानमा भुटान रहेको छ । भुटान १९० देशमध्य सुचीको ७५ औं स्थानमा रहेको छ भने भारत एक सयौं स्थानमा ।

नेपाल पछाडी क्रमशः श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । सबैभन्दा पछि रहेको अफगानिस्तान सुचीको १८३ औं स्थानमा छ ।

प्रतिवेदन अनुसार नेपाल व्यवसाय सुरु गर्न सहज देशको सुचीको १०९ औं स्थानमा छ । त्यस्तै निर्माण अनुमतिको सम्झौता सुचीमा १५७ औं, विद्युत प्राप्तीको सुचीमा १३३ औं, सम्पत्ति दर्तामा ८४ औं, ऋणको सहजतामा ९० औं, कर भुक्तानको सुचीमा १४६ औं, क्रस बोर्डर व्यापारमा ७६ औं र समस्या समाधानमा ७६ औं स्थानमा रहेको छ ।

नेपाल साना लगानीकर्ताको सुरक्षा गर्ने देशको सुचीमा भने अगाडी देखिएको छ । १९० देशमध्य नेपाल साना लगानीकर्ता सुरक्षा सुचीको ६२ औं स्थानमा परेको छ ।

व्यवसाय गर्न सहज देशको सुचीमा क्रमशः पहिलोदेखि पाँचौं स्थानमा न्युजिल्याण्ड, सिङ्गापुर, डेनमार्क, दक्षिण कोरिया र हङ्कङ रहेका छन् । सोमालिया व्यवसाय गर्न सहज देशको सुचीमा अन्तिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL