Logo

कोलकत्ताबाट १ हप्तामा ७१ सय कन्टेनर नेपाल भित्रदै, मिल्यो जीएसटी विवाद

कोलकत्ताबाट १ हप्तामा ७१ सय कन्टेनर नेपाल भित्रदै, मिल्यो जीएसटी विवाद


बिजखबर संवाददाता
729
Shares

काठमाडौं । भारत सरकारले लगाएको बस्तु तथा सेवा कर (जीएसटी)को विवाद समाधान भएसँगै कोलकत्ता बन्दरगाहबाट कन्टेनरहरु नेपाल भित्रने भएको छ । जीएसटी विवादका कारण कोलकत्तामा थन्किएर बसेका नेपाली सामान बोकेका कन्टेनरहरु नेपाल भित्रने भएका हुन् ।

कोलकत्तास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालको संयोजकत्वमा बसेको बैठकले सबै समस्या हल गरी कोलकोत्ता बन्दरगाहमा रोकिएर बसेका कन्टेर नेपाल पठाउने निर्णय गरेको हो ।

जीएसटी विवादका कारण कोलकोत्ता बन्दरगाहमा हालसम्मकै सबैभन्दा बढी ७ हजार ९२ कन्टेरन रोकिएर बसेका थिए । तर, अर्यालको संयोजकत्वमा कोलकत्ता पोर्ट, भन्सार, कन्करलगायतका उच्च पदाधिकारीहरुको संयुक्त बैठकले सबै समस्या समाधान गर्ने निर्णय गरेको हो ।

भारत सरकारले जीएसटी कार्यान्वयनमा ल्याए पश्चाच भुपरिवेष्ठित राष्ट्र नेपाल र भुटानका लागि जीएसटी निशुल्क गरेको थियो । तर, सिपिङ कम्पनी र पोर्ट अथोरोटीका कारण समस्या उत्पन्न भई कोलकोत्ता बन्दरगाहमा कन्टेनर रोकिएर बसेको थियो । अबका दिनमा सिपिङ कम्पनी र पोर्ट अथोरोटीले पनि जीएसटीको विषयमा समयमै कोलकोत्ता भन्सारमा सुचना दिने र जसका कारण नेपाल आउने सामान नरोकिने कोलकोत्ता स्थित नेपाली महाबाणिज्य दूतावासले जानकारी दिएको छ ।

उक्त छलफलमा कोलकत्ता स्थित नेपाली महाबाणिज्य दूतावासलगायत सरोकारवाला विभिन्न ८ संस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL