Logo

रुपन्देहीमा खुल्दैछ सुविधासम्पन्न एम्युजमेन्ट एण्ड वाटर पार्क, डेढ अर्ब लगानी

रुपन्देहीमा खुल्दैछ सुविधासम्पन्न एम्युजमेन्ट एण्ड वाटर पार्क, डेढ अर्ब लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रुपन्देहीमा सुबिधा सम्पन्न एम्युजमेन्ट एण्ड वाटर पार्क सञ्चालनमा आउने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लुम्बिनी एम्युजमेन्ट एण्ड वाटर पार्क सञ्चालनमा आउन लागेको हो ।

सौगात घिमिरेको लगानी रहने सो कम्पनीले वाटर पार्क सञ्चालन गर्ने उद्देश्यसहित गत असोज ४ गते उद्योग विभागमा दर्ता गराएको हो । उद्योग विभागका अनुसार सो एम्युजमेन्ट एण्ड वाटर पार्क प्रालिको १ अर्ब ६१ करोड रुपैयाँ कुल पूँजी रहनेछ । जसमध्ये १ अर्ब ५८ करोड रुपैयाँ स्थिर र २ करोड ८३ लाख रुपैयाँ चालू पूँजी रहेको छ ।

एम्युजमेन्ट एण्ड वाटर पार्कमा सुविधा सम्पन्न ५० बेड सहितको होटलको हुनेछ । त्यस्तै एकैपटक १ सय जनाले खाना खान मिल्ने गरी १ सय सिटको रेष्टुराँको सुविधा समेत उपलब्ध गराइने छ । जहाँ ११ सय जना अटाउने एम्युजमेन्ट पार्कको रहने कम्पनीले जानकारी दिएको छ ।

सो पार्क संचालनमा आएसँगै ८६ जनाले रोजगारी पाउने छन् । उक्त पार्क शतप्रतिशत नेपाली लगानीमा निर्माण हुन लागेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL