Logo

मासायोसी सन : ७० खर्ब गुमाउँदा पनि धनीकै सुचीमा

मासायोसी सन : ७० खर्ब गुमाउँदा पनि धनीकै सुचीमा


बिजखबर संवाददाता
0
Shares

सन् १९९९ तिरको ‘इण्टरनेट बबल’ युगमा जापानी धनाढ्य मासायोसी सनको आम्दानी हप्तामा १० खर्ब रुपियाँभन्दा पनि माथि पुग्यो । व्यक्तिगत कमाइ उचाइमा पुग्दा तीन दिनका लागि उनी विश्वकै सबैभन्दा धनी व्यक्ति पनि दरिए ।

समय उस्तै रहेन । हप्तामै खर्बौं रकमको कमाइ दिइरहेको उनको कम्पनी सफ्टबैङ्क ग्रुप कर्प ओरालो लाग्यो । कम्पनीको सेयर दुई महिनामै ७५ प्रतिशतले घट्दै सन् २००० सम्म आइपुग्दा त्यो ९३ प्रतिशतभन्दा तल रह्यो । यहिं बेला सनले ७० अर्ब रुपैयाँभन्दा बढी रकम गुमाए ।

‘तर जसोतसो मैले चलाएँ’ डेभिड रुबेन्टसनको चर्चित अन्तर्वार्ता कार्यक्रममा उनले भनेका छन् ‘त्यतिबेलै मैले भनेकी अबको समय इण्टरनेटको हो त्यो पनि मोबाइल इण्टरनेटको’ ।

आफ्नो भनाइलाई नतिजा दिन सनले जापान सरकारबाट कि स्पेक्ट्रम लाइसन्स लिने अथवा फोन सेवा खरिद गर्ने गरी रणनीति तयार गरे ।
लाइसन्सका लागि सरकारले अनुमति नदिएपछि सन भोडाफोन जापानसँग जोडिए । यसले सनको सफ्टबैङ्कको परिस्थिती सुधार गर्न ठूलो सहयोग गर्यो।

सन् २००६ कै अक्टोबर महिनामा सनको सम्पत्ति १५ खर्ब रुपैयाँ हाराहारीमा पुग्यो । त्यो सम्पत्तिसहित उनी विश्वकै एक सय धनी व्यक्तिको सुचीमा पनि परे ।

सन् १९८१ मा आफ्नो कम्पनी सञ्चालनमा ल्याएर माइक्रोसफ्ट कर्पोरेसनका लागि समेत सफ्टवेयर बेच्ने काम गरे । पछि उनले बोलकबोलका आधारमा सफ्टवेयर बेच्न सुरु गरे । दिनरात बढ्दो कमाइसँगै उनको आम्दानी र लगानी थपिदैं गयो ।

इन्टरनेटको युग सुरु हुँदै गर्दा उनले ८ सय बढी कम्पनीमा लगानी पनि गरे । उनले याहुदेखि चीनको अलिबाबा कम्पनीमा समेत स्वामित्व लिएर काम गरे । तर अचानक उनको कम्पनी ओरालो लाग्न थालेपछि परिस्थिती बदलियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL