Logo

एनआरएनए सम्मेलनः वैदेशिक लगानी र शीप भित्र्याउन केन्द्रित

एनआरएनए सम्मेलनः वैदेशिक लगानी र शीप भित्र्याउन केन्द्रित


बिजखबर संवाददाता
0
Shares

आजदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौं विश्व सम्मेलन नेपालमा कसरी  वैदेशिक लगानी भित्र्याउने भन्ने विषयमा केन्द्रित हुने भएको छ । सम्मेलनमा नेपाल सरकारले एनआरएनलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् भने उनीहरुले पनि आफुहरु नेपालमा लगानी गर्न इच्छुक भएको र सोही अनुरुप वातावरण निर्माण गरिदिन अनुरोध गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानी गर्ने उपयुक्त समय भएको र सोही अनुरुप लगानी भित्र्याउन एनआरएनहरुलाई आग्रह गरेकी छिन् । ‘नेपाल र नेपालीको सम्बन्ध न कसैले बनाइदिएको हो न सकैले तोड्न नै सक्छ,’ उनले भनिन्, ‘नेपाललाई आर्थिक रुपमा सम्बृद्ध बनाई विश्व सामु प्रतिष्ठा उच्च राख्न एनआरएनको ठूलो भुमिका रहनेछ ।’

कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. शेष घलेले अहिलेको विश्व सम्मेलन नेपालीको सम्बृद्धिका साझेदारीमा केन्द्रित गर्दै एनआरएनको पूँजी र शीप भित्र्याउन केन्द्रित रहने बताए । एनआरएनले नेपालमा प्रविधि र सेवा क्षेत्रमा लगानी गरेको जानकारी दिँदै त्यसलाई अझ बृहत बनाउन खुला विश्वविद्यालयको अवधारणालाई नेपाल सरकारले कानुनी रुपमा स्थापित गर्नुपर्ने बताए ।

हाल एनआरएनएको विश्वका ७० मुलुकमा ७० हजारभन्दा बढी सदस्य रहेको र अबको एक दशभित्र मिनी राष्ट्र संघको रुपमा अघि बढ्ने उनको उद्घोष थियो । साथै एनआरएनएले विश्वभर रहेको ५० लाखभन्दा बढी नेपालीको नेतृत्व गर्ने समेत उनले जानकारी दिए ।
आजदेखि शुरु भएको एनआरएनए सम्मेलन तथा चुनावमा विश्वका ७० देशबाट २ हजारभन्दा बढी प्रतिनिधि आएका छन् । उक्त सम्मेलनले एनआरएनको नयाँ कार्यसमिति चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL