Logo

लगानीकर्तालाई नोबेल बिजेता अर्थशास्त्री टेलरको सुझाव, ‘सेयर नकिन्ने हो भने बेचिदिनुस’

लगानीकर्तालाई नोबेल बिजेता अर्थशास्त्री टेलरको सुझाव, ‘सेयर नकिन्ने हो भने बेचिदिनुस’


बिजखबर संवाददाता
81
Shares

सिकागो विश्वविद्यालयमा अर्थशास्त्र अध्यापन गराउँदै आएका प्राध्यापक रिचार्ड टेलर यस बर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कारका लागि छनोट भएपछि चर्चामा छन् । त्यसयता उनले सन् २०१० मा लेखेको ‘नुज’ नामक पुस्ताको पनि चर्चा बढेको छ ।

मानिसको स्वभाव र यसले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा लामो समयदेखि अध्ययन गर्दै आएका टेलर ‘बिहेभिएरल इकोनोमिष्ट’ मानिन्छन् । मानिसको आनीबानीले पनि स्थापित अर्थशास्त्रका मान्यताभन्दा फरक किसिमले काम गरिरहेको हुन्छ भन्ने तर्क उनको छ । स्विडेनका सामाजिक अभियन्ता अल्फ्रेड नोबेलले नोबेल पुरस्कार सुरु गरेको भएपनि अर्थशास्त्रतर्फको विधा स्विडेन बैङ्कले सुरु गरेका कारण अन्य विधाको तुलनामा यो पुरस्कार अलि फरक मानिन्छ र त्यसैले पनि चर्चामा रहिरन्छ ।

नोबेल पुरस्कारका लागि छनोट भएपछि टेलरले समाचार एजेन्सी एसोसिएटेड पे्रस(एपी)लाई प्रतिक्रिया दिदैं लगानीकर्ताका लागि सुझाव पनि दिएका छन् । व्यक्तिगत लगानीकर्ता बढी ढुक्क हुनुलाई उनले सबैभन्दा गल्ती मानेका छन् । त्यस्तै व्यक्तिगत सम्पत्ति बेच्नुलाई पनि उनले गल्तीको बाटोको रुपमा बताएका छन् । आफूले खरिद गरेको स्टकको खास मूल्यमा ध्यान नदिन उनको सुझाव छ । उनी भन्छन् ‘मैले सधै भन्दै आएको छु कि यदि तपाइ अहिले स्टक किन्नुहुन्न भने यसलाई बेचिदिनु राम्रो हुन्छ । किनकी जब स्टक घट्दै जान्छ मान्छेहरु यसलाई बेचेर गल्ती गर्नुहुँदैन भन्ने सोच्छन्’ ।

प्रतिक्रिया दिनुहोस्
MBL