Logo

नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद

नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउदाई नेप्सेको सीइओ नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयले नेप्सेको महाप्रबन्धकमा साउद सहित ३ जनाको नाम सिफारिस गरेको थियो । सोही मध्येबाट आजको मन्त्रीपरिषद्ले साउदलाई नियुक्त गरेको हो । नेपाल इन्स्यारेन्स कम्पनीका पूर्व महाप्रबन्धक हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अडानमा साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गरिएको स्रोतको दावी छ ।

अर्थ मन्त्रालयको वित्तीय ब्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिले शुरुमा ५ जनाको संक्षिप्त नाम प्रकाशित गरेको थियो । जसमध्येबाट चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवालीको नाम नियुक्तीको लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो । नेप्सेको प्रमुख बन्न १३ जनाले आवेदन दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL