Logo

दाङमा थपियो सुविधा सम्पन्न होटल, १० करोड लगानीमा आयो ‘माला इन’

दाङमा थपियो सुविधा सम्पन्न होटल, १० करोड लगानीमा आयो ‘माला इन’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दाङमा आधुनिक सुविधा सहितको नयाँ होटल सञ्चालनमा आउने भएको छ । ‘इमर्जिङ’ सिटी दाङमा पछिल्लो समय आधुनिक तथा सुबिधा सम्पन्न होटल खुल्ने क्रम बढेको हो । हाल निर्माणाधिन अवस्थामा रहेको ‘माला इन’ मंसिरको अन्तिमबाट सञ्चालनमा ल्याउने तयारी गरिएको होटल सञ्चालक ओबिन्द्र महराले बताए ।

दाङको घोराहीमा सञ्चालन गर्न लागिएको सो होटलको हाल ‘इन्टेरिएर डिजाइन’ को काम भइरहेको उनले बताए । होटल माला इन प्रालि नाममा सञ्चालन हुने सो होटल १० करोड रुपैयाँ लगानीमा बन्न लागेको हो ।

हाइवेको छेउमा बन्न लागेको माला इनमा एसी रुम, सेमिनार हल, पार्किङलगायत सुविधा हुनेछ । होटलमा ५१ ओटा स्टे रुम रहेको छ भने १ सय १ ओटा बेड रहने छन् । यसैगरी ४ ओटा मिटिङ हल, बार तथा रेष्टुराँलगायत सुबिधा रहेको छ ।

करिब ५ कठ्ठा जमिनमा निर्माण गरिएको सो होटलमा ३० जनाले रोजगारी पाउने छन् । सो होटल दाङकै नमुना होटलको रुपमा सञ्चालन गर्न लागिएको सञ्चालक महराले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL