Logo

हिउँदमा ढल्केबरको विकल्प : टनकपुरबाट थप ३५ मेवा बिजुली आयात गरिँदै

हिउँदमा ढल्केबरको विकल्प : टनकपुरबाट थप ३५ मेवा बिजुली आयात गरिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबर प्रशारणलाईन निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीसँग ठेक्का तोडेसँगै हिउँदको समयमा विद्युत आयातका लागि बैकल्पिक बाटो रोज्ने भएको छ । हिउँदको समयमा ढल्केबर प्रशारण लाईन निर्माणसम्पन्न गरी सोही प्रशारण लाईनबाट २ सय मेगावाट विद्युत आयात गर्ने तयारी गरेपनि सो निर्माण नहुँदा अन्य स्थानबाट ल्याउने तयारी गरेको हो ।

ढल्केबर प्रशारणलाईन चिनियाँ ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड (सीसीपीजी)ले निर्माण कार्यमा अटेर गरेपछि प्रधिकरणले सम्झौता नै तोडेको थियो । समयमै ढल्केबर प्रशारण लाईन नबन्ने भएपछि विकल्पको रुपमा टनकपुरबाट विद्युत आयात गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । ‘हामीले हिउँदको समयमा ढल्केबरबाट २ सय मेवा विजुली आयात गर्ने भनेका थियौं,’ उनले भने, ‘तर, उक्त प्रशारणलाईन नै नबनेपछि त्यो सम्भाव भएन ।’

उनका अनुसार विकल्पको रुपमा टनकपुरको ट्रान्सफर क्षमता बृद्धि गरी भारतबाट विद्यत आयात गरिने भएको छ । ‘हाल टनकपुरमा ५० एमबीए क्षमताको ट्रान्सफरमर छ,’ उनले भने, ‘त्यसको क्षमता विस्तार गरी १ सय मेवाको ट्रान्सफरमर राख्ने तयारी गरेका छौं ।’

प्राधिकरणले हिँउदको समयमा टनकपुरबाट ३५ मेवा विजुली आयात गर्दै आएको थियो । तर, ट्रान्सफरमरको क्षमता बढाएसँगै ७० मेवा बिजुली आयात गर्न सकिने अधिकारीले जानकारी दिए । ‘हामीले हिउँदमा ढल्केबरबाट थप ५५ मेवा विजुली आयात गर्न लागेका थियौं,’ उलने भने, ‘त्यसको विकल्पमा टनकपुरबाट ३५ मेवा ल्याएपछि त्यतिधेरै समस्या उत्पन्न हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL