Logo

सीसीजीपीसँग प्राधिकरणले तोड्यो ठेक्का, हिउँदमा भारतबाट २ सय मेवा विद्युत ल्याउन नसकिने

सीसीजीपीसँग प्राधिकरणले तोड्यो ठेक्का, हिउँदमा भारतबाट २ सय मेवा विद्युत ल्याउन नसकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिनियाँ कम्पनीसँग ढल्केबर प्रसारणलाईन निर्माणको ठेक्का सम्झौता तोडेको छ । ढल्केबरमा निर्माणाधीन २ सय २० केभी सबस्टेसन चाडै निर्माण गर्न पटक पटक आग्रह गर्दा पनि ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड (सीसीपीजी)ले अटेर गरेपछि सम्झौता नै तोड्नु परेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

प्राधिकरणसँग भएको सम्झौता अनुसार चिनियाँ कम्पनीले ढल्केबर, इनरुवा र हेटौंडाको सबस्टेसन निर्माण गर्नुपर्ने थियो । तर, अहिलेसम्म सीसीपीजीले ढल्केबर सबस्टेशनकोे ८८ प्रतिशत काम मात्रै सकेको अधिकारीले जानकारी दिए । सो कम्पनीसँग केही समयअघि प्रसारणलाई निर्माणको सम्झौता तोडेसँगै सवस्टेशन पनि निर्माणगर्न अटेर गर्दै आएकाले बाध्यतावस यही असोज ६ गते उक्त सम्झौता तोडिएको अधिकारीले जानकारी दिए ।

ती सवस्टेशनको काम ठेकेदार कम्पनीले २ बर्ष अघि नै सक्नुपर्ने भएपनि हालसम्म एउटा सवस्टेशनको काम पनि पुरा गर्न नसेकेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार ठेक्का तोडिएसँगै ठेकेदार कम्पनीको करिब ३० करोड रुपैयाँ बराबरको धरौटी समेत जफत भएको छ । प्राधिकरणले कुल २ अर्ब २ करोड रुपैयाँमा सवस्टेशन निर्णाणका लागि ठेक्का दिएको थियो ।

हिउँदमा विद्युत आयातमा समस्या

विद्युत प्राधिकरणले यस पटकको हिउँदमा ढल्केबर मोजफपुर प्रशासणलाईनबाट २ सय मेगावाट विद्युत आयात गर्ने सम्झौता गरेको थियो । तर, सवस्टेशन निर्माणको ठेक्का तोडिएसँगै भारतबाट उक्त विजुली ल्याउन नसकिने उनले जानकारी दिए । हाल सो प्रशारणलाईनबाट १ सय ४५ मेवा विजुली आयात भइरहेको र हिउँदमा पनि सोही परिणाममा मात्र ल्याउने सकिने उनले बताए । जसले गर्दा हिउँदको समयमा विद्युत व्यवस्थापन गर्न केही कठिनाई हुने समेत उनको तर्क थियो । तर, त्यसको क्षतिपूर्ति बापत अन्य प्रशारणलाईनबाट ल्याउने तयारी गरिएको समेत प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL