Logo

दशैंलाई साटियो साढे ११ अर्बको नयाँ नोट

दशैंलाई साटियो साढे ११ अर्बको नयाँ नोट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई नयाँ नोट सटही खुला गरेसँगै साढे ११ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट साटिएको छ । राष्ट्र बैंकले भदौं २८ देखि नयाँ नोट सटही खुला गरेको थियो । आजका मितिसम्म साढे ११ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट सटही भएको नेपाल राष्ट्र बैंक सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिएको छ । यसपटक सर्वसाधारणलाई नोट सटही सुविधा सहज हरूा उपलब्ध गराउने उद्देश्यले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरूबाट पनि नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सटही सुविधा दिइएका बैंकबाट ५, १०, २०, ५० र १०० दरका नयाँ प्रतिव्यक्ति २० हजारसम्म नयाँ नोट साट्न सक्नेछन् भने थापाथलीस्थित राष्ट्र बैंकका काउन्टरहरूबाट भने प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नोट सटही सुविधा दिइएको छ ।

राष्ट्र बैंकका अनुसार २८ गतेदेखि सर्वसाधारणले नेपाल बैंकका काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरबाट नयाँ नोट सटही सुविधा पाएका छन् भने राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार र नक्सालबाट नोट साट्न सक्नेछन् । गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारस्थित कृषि विकास बैंकका शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट साटही सुविधा पाएका छन् ।

यसैगरी काठमाडौं उपत्यका बाहिर भने राष्ट्र बैंकका क्षेत्रीय कार्यालय र नोट कोष सुविधा लिएका वाणिज्य बैंकबाट नयाँ नोट साटही सुविधा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL