Logo

सरकारको निर्णय विरुद्ध गोपाल खड्का पुगे सर्बोच्च

सरकारको निर्णय विरुद्ध गोपाल खड्का पुगे सर्बोच्च


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोपालबहादुर खड्काले सरकारको निर्णय विरुद्ध सर्बोच्च अदातलमा मुद्दा दायर गरेका छन् ।  मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेको भन्दै सो विरुद मुद्दा दायर गरेका हुन् ।

खड्काले उत्प्रेषण, परमादेश लगायतका उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गर्नुपर्ने मागसहित बुधबार रिट दायर गरेका छन् ।

सो रिटमा खड्काले आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र त्यसको म्याद २०७५ माघ १२ गतेसम्म रहेको जिकिर समेत गरेका छन् ।
त्यस्तै उनी विरुद्ध नागरिक दैनिकमा प्रकाशित समाचारविरुद्ध गाली बेइज्जतीको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको उनले उल्लेख गरेका छन्।

उनले आफूलाई हटाइएको आधिकारिक पत्र प्राप्त नभएको समेत बताएका छन् । साथै दशैँको लामो सार्वजनिक विदा सुरु हुन लागेको र न्यायालयसमेत घटस्थापनादेखि बन्द हुने भएकोले सुनुवाईको मौका समेत प्रदान नगरी हटाउने निर्णय हुन लागेको दावी उनले गरेका छन्।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL