Logo

तराई–मधेश द्रुतमार्गको डिजाईन परिवर्तन गर्दै नेपाली सेना

तराई–मधेश द्रुतमार्गको डिजाईन परिवर्तन गर्दै नेपाली सेना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्टट्रयाक) को डिजाइन परिवर्तन गरिने भएको छ । आज भएको व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै निर्माण जिम्मा पाएको नेपाली सेनाले उक्त फास्टट्रयाकको डिजाईन नै परिवर्तन गर्न लागेको जानकारी दिएको छ ।

यसअघि भारतको आईएलएफएस इन्फास्टक्चर लिमिटेडले उक्त द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो । तर, नेपाली सेनाले त्यसलाई ९ महिनाभित्र परिमार्जन गरी काम शुरु गर्ने तयारी गरिएको सेनाका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले समितिमा जानकारी गराए ।

सो द्वतमार्गलाई सेना, विदेशी कम्पनी र नेपाली निर्माण व्यवसायीले संयुक्त रुपमा काम गर्ने गरी निर्माणकार्य अघि बढाउन लागिएको सेनाको भनाइ थियो । नयाँ डिजाईन अनुरुसा ७५ मिटर अग्ला पुगको उचाइ घटाइने भएको छ भने अन्य संरचना पनि परिमार्जन गरिने भएको छ । सो द्वुतमार्गमा १ दशमलव ३ किलोमिटर लामो सुरुङ र ९९ वटा पुल बन्ने छन् । सो सडकखण्ड सेनाले ४ बर्षभित्रै निर्माण सम्पन्न गरिसक्ने दाबी गरेको छ ।

सेनाले निर्माण गर्न लागेको द्वुतमार्गको लागि बजेटको अभाव नहुने अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले बताए । कुल १ खर्ब १२ अर्ब लाग्ने सो आयोजनाका लागि अर्थले यो बर्षमात्रै १० अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL