Logo

किन बदलियो एनआरएनएको समिकरण ?, अध्यक्षमा भवन भट्ट र जमुना घले भिड्दै !

किन बदलियो एनआरएनएको समिकरण ?, अध्यक्षमा भवन भट्ट र जमुना घले भिड्दै !


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । आगामी दिनमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) सम्मेलनमा अध्यक्ष पदमा भवन भट्ट र जमुना घले भिड्ने भएका छन् । अक्टोवर १४ देखि १७ तारिखसम्म काठमाडौंमा हुने एनआरएनएको आठौं सम्मेलनमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा भट्ट र घले भिड्न लागेका हुन् । भट्ट अहिले एनआरएनका उपाध्यक्ष हुन् भने घले आईसीसी सदस्य छिन् ।

यस अघि अध्यक्ष पदमा भट्ट र कुमार पन्त उठ्ने चर्चा भएपनि अहिले घले र भट्ट भिड्न लागेका एनआरएनए सम्बद्ध एक अधिकारीले बताए । अध्यक्ष पदका प्रत्यासी भट्टले केही दिन अघि काठमाडौंको अन्नपूर्ण होटलमा एक कार्यक्रमबीच आफ्नो उम्मेदवारी घोषणा गरिसेकेका छन् । अर्का प्रत्यासी घलेपनि पर्सिसम्म नेपाल आईपुग्ने सेप्टेम्बर २४ तारिख अर्थात असोज ८ गते उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको उक्त स्रोतले जानकारी दिएको छ । हाल घले चुनावी तालमेलका लागि क्यानडामा रहेको र क्यानडाबाटै नेपाल आउने कार्यक्रम रहेको छ ।

पन्त अध्यक्षका प्रत्यासी भएपनि घलेसँग कुरा नमिलेपछि भट्टलाई समर्थन गर्ने गरी उपाध्यक्षमा उठ्न लागेको स्रोतले बताएको छ । यसैगरी भट्टलाई संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोको पनि समर्थन रहेको बुझिएको छ । जमुना घलेलाई एनआरएनएका दुई कार्यकाल अध्यक्ष भएका उनका श्रीमान् शेष घलेले अघि सारेका हुन्

यसैगरी एनआरएनएको उपाध्यक्ष पदमा अध्यक्षका प्रत्यासी भनिएका कुमार पन्त, चिरञ्जिवी थापा र सोनाम लामा उठ्ने भएका छन् । पन्त अहिलेका उपाध्यक्ष तथा जर्मनीका एनआरएन हुने भने थापा जापान र लामा अमेरिकाका एनआरएन हुन् ।

यसैगरी महासचिवमा बद्री केसीले, त्रिलोक गुरुङ र अर्जुन श्रेष्ठ भिड्ने भएका छन् । केसी अहिले पनि महासचिव नै छ । उनी रसियाका एनआरएन हुन । श्रेष्ठ अहिले संघको सचिव छन् भने उनी उनी वेल्जियमका एनआरएन हुन । यसैगरी गुरुङ हङकङका एनआरएन हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL