Logo

चाडवाड लक्षित घरायसी सामानमा छुट र अफर, कम्पनी पिच्छे फरकफरक उपहार

चाडवाड लक्षित घरायसी सामानमा छुट र अफर, कम्पनी पिच्छे फरकफरक उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दशैं तिहार तथा छठ नजिकिदै गर्दा यसबर्ष पनि उपभोक्ता लक्षित छुट र उपहार योजना सार्वजनिक हुन थालेका छन् । घरायसी सामग्रीका आधिकारीक बिक्रेताहरुले पनि चाडका लागि विशेष योजना सार्वजनिक गरेका छन् । यो समयमा घरायसी सामग्रीहरुको बिक्री बढी हुने र अझ बिक्री बढाउन आकर्षक छुट योजनाहरु ल्याइने सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

चाडवाडलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सले इलेक्ट्रोनिक्सको महाकुम्भ मेला आयोजना गरेको छ । कम्पनीले भदौ ३१ गतेदेखि टंगालस्थित कम्पनीको आफ्नै सोरुम सिजी डिजीटलमा मेला सञ्चालनमा ल्याएको हो ।

असोज ७ सम्म चल्ने मेलामा ग्राहकहरुले विभिन्न घरायसी सामाग्रीहरुको प्रत्यक्ष अवलोकनगर्न पाउनुका साथै, खरिदमा आकर्षक नगद छुट तथा उपहारहरु प्राप्तगर्न सक्ने छन् ।

त्यस्तै मेलामा अन्य थुप्रै कार्यक्रमहरुको आकर्षण रहेको साथै अवलोकनगर्न आउने ग्राहकहरुलाई हरेक दिन लक्की ड्रमार्फत विभिन्न उपहारहरु समेत पाउने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी गोदरेजले पनि आकर्षक नगद छुट अफर ल्याएको छ । नगद छुट अफर गोदरेजका सम्पूर्ण घरायसी सामाग्रीको खरिदमा प्राप्तगर्न सकिने बताएको छ । रेफ्रिजेरेटर, वासिङमसिन र माइक्रोवेभ खरिदमा उपहार प्राप्तगर्न सकिने छ । कम्पनीकाअनुसार भदौ १९ गते देखि नेपालभर सिमित अवधिसम्म लागु गरिएको कम्पनीले जानकारी दिएको छ । नेपालका लागि गोदरेज ब्राण्डको आधिकारीक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्राली रहेको छ ।

 

त्यसैगरी सामसङ इलेक्ट्रोनिक्सले दशैं, तिहार र छठलाई लक्षितगर्दै ‘सामसङ, खुशीफर्की आयो’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाएन्सको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ । फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुट दिइएको छ । जस अन्तरगत सामसङका एलईडी टिभि र होम अप्लाईन्समा १२ देखि २२ प्रतिशतसम्मको छुट दिइएको छ । योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुने छ ।

कलर्श होम एप्लायन्सले दशैं तथा तिहारको अवसर पार्दै ‘प्रारम्भ’ नामको योजना बजारमा ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक कलर्शका रेफ्रिजेरेटर र सेमिअटोमेटिक वासिङ मेशिनको खरीदमा कलर्श ड्राई आइरन, कलर्श चेष्ट फ्रिजर, अटोमेटिक वासिङ मेशिनको खरीदमा कलर्श स्टिम आइरन प्राप्त गर्नेछन् ।

त्यसैगरी, कलर्श ४२ इञ्च स्मार्ट एलईडी टीभीको खरीदमा कलर्श १.८ लिटरको राइसकुकर, कलर्श ४२ इञ्च टीभीको खरीदमा कलर्श बार फोन र कलर्श २४ इञ्चको एलईडी टीभीको खरीदमा ८ जीबी पेन ड्राइभ उपहार स्वरुप प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

फिलिप्स होम अपलाएन्सको नेपालका लागि आधिकारीक बिक्रेता स्याकार कम्पनीले पनि आफ्नो उत्पादनमा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL