Logo

विशाल बजारको सेयरमा फस्दै लगानीकर्ता, प्रतिकित्ता २२०० को सेयर १ सयमा झर्दै !

विशाल बजारको सेयरमा फस्दै लगानीकर्ता, प्रतिकित्ता २२०० को सेयर १ सयमा झर्दै !


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । लोमा समयदेखि रोएिको विशाल बजार कम्पनीको सेयर कारोबार खुला भएसँगै लगानीकर्ता फस्ने भएका छन् । कम्पनीको सेयर कारोबार भएकै दिन १० प्रतिशतले बढदै प्रतिकित्ता मूल्य २ हजार २ सय ३३ रुपैयाँमा पुगेर अडिएको छ ।

हाल बजारमा विशाल बजार कम्पनीको सेयर थोरै भएको र सिमिति व्यक्तिको चलखेलमा मूल्य उकासिएको हो । बजारमा विशाल बजार कम्पनीको सेयर जम्मा ५ लाख कित्ता मात्र रहेको छ ।

अहिले कम्पनीको इपीएस राम्रो रहेको र बजारमा थोरै कित्ता मात्र सेयर भएकाले पनि बजारमा मूल्य उच्च बढेको सम्बद्ध लगानीकर्ता बताउँछन् । तर, कारोबार खुला भएकै दिन जुन रुपमा सेयर मूल्य बढ्यो त्यो अस्वभाविक भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । अहिले समिति व्यक्तिलेले आफुआफुबीच कारोबार गर्दै मूल्य बढाएर बेच्न लागेकाले पनि बिहीबार विशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २ सय ३ रुपैयाँले बढ्न पुगेको देखिन्छ ।

केही समयभित्रै सरकारले विशाल बजारको ठूलो परिणामको सेयर ल्याउन लागेको र जसले गर्दा ह्वात्तै मूल्य घट्ने भएकाले पनि समिति व्यक्तिले आफुसँग भएको सेयर बेच्न बजारमा चलखेल गर्न थालेका हुन् । अहिले नै सेयर नबेच्दा पछि त्यसको मूल्य उच्च रुप्मा घट्न जाने भएकाले समिति व्यक्तिले आफुआफुबीच कारोबार गराएर नयाँ लगानीकर्ता फसाउने दाउमा बजार बढाइएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले नयाँ लगानीकर्ता आकर्षित गर्न केही व्यक्तिले आफुआफुबीच कारोबार गराएर बजारबाट बाहिरिँदै छन्,’ एक लगानीकर्ताले भने, ‘जसको असर नयाँ प्रबेश गर्ने लगानीकर्ता माथी पर्नेछ ।’

सेयर बेढर ४ करोड १ लाख कित्ता पुग्दै

विशाल बजारको दोस्रो बजारमा कारोबार हुने सेयर अहिले ५ लाख कित्ता मात्रै छ । तर, सरकारले आफ्नो नाममा रहेको प्रतिकित्ता १ सय रुपैयाँका दरले ३ करोड ९६ लाख कित्ता सेयर दाखिला प्रक्रिया अघि बढाएको छ । हाल सेयर दाखिलाको प्रक्रिया कम्पनी रजिष्टार कार्यालमा पुगेको र त्यहाँबाट स्वीकृत भएर आउने वित्तिकै विशाल बजार कम्पनीको सेयर संख्या बढेर ४ करोड १ लाख कित्ता पुग्नेछ । अहिले विशाल बजारको कमाई अनुसार सेयर संख्या थोरै भएकाले यसको इपीएस उच्च भई लगानीकर्ताले बढी मुनाफा कमाइरहेका छन् । तर, सेयर संख्या बढेसँगै यसको इपीएस घट्न गई लगानीकर्ताले सोचेभन्दा ज्यादै न्यून प्रतिफल हात पार्ने छन् भने सेयर भ्यालु सोही अनुरुप घट्ने निश्चित छ ।

मूल्य समायोजन हुँदा प्रतिकित्ता मूल्य १ सय

सरकारले आफ्नो नाममा सेयर दाखिला भएर आएसँगै नेप्सेमा सुचिकृति गर्ने भएको छ । सरकारको नाममा रहेको कुल ३ करोड ९६ लाख कित्ता सेयरलाई नेप्सेमा सुचिकृत गराएर सोही अनुरुप मूल्य समायोजन गरिने विशाल बजार कम्पनीका अध्यक्ष लबराज जोशीले बिजखबरलाई बताए । ‘अहिले सेयर दाखिलाका लागि कम्पनी रजिष्टार कार्यालयमा अन्तिम चरणको काम भइरहेको छ,’ उनले भने, ‘कम्पनी रिजष्टारबाट सेयर दाखिला भएर आएसँगै नेप्सेमा सुचिकृत गराएर सोही अनुरुप मूल्य समायोजन गर्नेछौं ।’

विशाल बजार कम्पनीको ५ लाख कित्ता सेयर हुँदा बिहीबारको अन्तिम कारोबार मूल्य २ हजार २ सय ३३ रुपैयाँ रहेको छ । त्यसमा थप ३ करोड ९६ लाख कित्ता सेयर थपेर मूल्य समायोजन हुँदा सेयर मूल्य घटेर प्रतिकित्ता १ सय देखि १ सय १० रुपैयाँसम्म कायम हुने देखिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL