Logo

कुलमानको नयाँ कार्ययोजना, ३ बर्षभित्र आत्मनिर्भर, १२ हजार मेवा बिजुली बोक्ने ग्रीड निर्माण

कुलमानको नयाँ कार्ययोजना, ३ बर्षभित्र आत्मनिर्भर, १२ हजार मेवा बिजुली बोक्ने ग्रीड निर्माण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी २ देखि ३ बर्षभित्र नेपाल विद्युतमा आत्मनिर्भर हुने भएको छ । अबको ३ बर्षभित्र नेपाल विद्युतमा भारतको भर पर्न नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । माथिल्लो तामाकोसी तथा निर्माणाधिन आयोजनाहरु सञ्चालनमा आएसँगै नेपाललाई चाहिने बिजुली उत्पादन हुने उनको भनाई थियो ।

उनका अनुसार हाल नेपालमा बार्षिक १३ सय मेगावट बिजुली खपत हूँदै आएको छ । जसमध्ये ३ देखि ४ सय मेगावाटसम्म विद्युत भारतबाट आयात हुँदै आएको छ । ‘कुलेखानी बाहेक ७ सय मेगावाट नेपालमै उत्पादन हुन्छ,’ उनले भने, ‘बेलुका २ घण्टा उद्योगहरुको बिजुुली काट्दा बिजुली पुगेको छ ।’

उद्योगहरुमा भने सवस्टेशन, ट्रान्सफरमर तथा वितरण लाईन ओभरलोडका कारण बिजुलीलाई निरन्तरता दिन नसकिएको उनले जानकारी दिए । घिसिङले १० वर्षभित्र १२ हजार मेगावाट बिजुली वितरण गर्न सक्ने प्रणाली बिस्तारको घोषणा समेत गरेका छन् ।

बिहीबार आफ्नो एक वर्षको कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा घिसिङले देशभित्र विद्युतको उत्पादन बढाएर खपतका लागि आन्तरिक प्रणालीलाई चुस्त र ब्यापक बनाउने बताए । साथै केही बर्षभित्र हामीले उत्पादन गर्ने बिजुलीको खपत व्यवस्थापनबारे सोच्नुपर्ने अवस्था आउने उनको दाबी थियो ।

उनका अनुसार देशभित्रै बिजुली खपतको वातावरण बनाउन प्रमुख शहरी तथा औद्योगिक क्षेत्रमा १२ हजार मेगावाट बिजुली वितरण गर्न सकिने सञ्जाल र संरचना बनाउन लागिएको छ । साथै अगामी वर्ष बिजुली चुहावट थप ३ प्रतिशत घटाउने बताए । ‘गत बर्ष २५ दशमलव ७९ प्रतिशत चुहावट थियो,’ उनले भने, ‘यो बर्ष ३ प्रतिशत कम भएको छ, आगामी बर्ष २० प्रतिशतमा झार्ने छौं ।’

घिसिङले भविष्यमा रातको समयमा खेर जान सक्ने विद्युत र पिक समयमा हुने मागबीच सन्तुलन कायम गर्न बेगनास पम्प स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन गरी कार्यन्वयनमा ल्याइने समेत उनले जानकारी दिए । यसैगरी प्राधिकरणले अनलाइनमार्फत बिजुली महशुल तिर्नमिल्ने व्यवस्थापनसहित स्मार्ट मिटर र ग्रीडको लागि काम गरिरहेको उनले बताए । प्राधिकरणले उत्पादन लागतका आधारमा बिजुलीको शुल्क समायोजनका लागि समेत पहल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL