Logo

न्यून विजकिकरण र चोरीका सामान भित्रिदा नेपाली धागोले बजार पाएन, उत्पादनको २०%मात्र खपत

न्यून विजकिकरण र चोरीका सामान भित्रिदा नेपाली धागोले बजार पाएन, उत्पादनको २०%मात्र खपत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालबाट बार्षिक ३२ हजार मेट्रिक टन धागो निर्यात हुने गरेको छ । नेपालमा ४० हजार मेट्रिक टन धागो उत्पादन हुने गरेकोमा ८ हजार स्वदेशमा खपत र बाँकी निर्यात हुने नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

नेपाली धागो गुणस्तरीय भएपनि बजार पाउन नसकेकाले उत्पादनको ८० प्रतिशत निर्यात गर्नु परेको उनले बताए । ‘सरकारी निकायले नै नेपाली धागोको प्रयोग गर्दैनन,्’ उनले भने । नेपालमै गुणस्तरीय धागो उत्पादन हुँदाहुँदै पनि आयातित धागो तथा गार्मेन्ट प्रयोग गर्नुपर्ने बाध्यता छ ।

न्यूनविजिकिकरणले गर्दा आयातती धागो तथा कपडाको मूल्य तुलनात्मक रुपमा सस्तो हुने गरेको छ । त्यस्तै चोरी तथा पैठारीबाट नेपालमा धागो र कपडा भित्रिदा पनि स्थानीय उत्पादनको माग घटेकोे हो ।

संघको तथ्यांक अनुसार नेपालमा बार्षिक ४५ करोड मिटर धागो आवश्यक पर्छ । जसमध्ये नेपाली उद्योगहरुले ५ करोड मिटर मात्र उत्पादन गर्दै आएका छन् ।

पहिला बार्षिक ७० हजार मेट्रिक टनसम्म धागो उत्पादन भएपनि उद्योग बन्द हुने क्रम बढेकाले उत्पादन घटेको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।

हाल नेपालमा रिलायन्स स्पिनिङ, त्रिवेणी स्पिनिङ, जय स्पिनिङ र जगदम्बा स्पिनिङ गरी चार ओटा धागो उद्योग सञ्चालनमा छन् ।
ती उद्योगहरुले पोलिष्टर, भिस्कोस, सुतिएक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र ब्लेण्डेड रंगिन धागो उत्पादन गर्दै आएका छन् । विगत ६ बर्षदेखि तेस्रो मुलुकमा समेत धागो निर्यात हुँदै आएको छ ।

उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५० जनालाई रोजगारी पाएका छन् । जसमध्ये ३० प्रतिशत महिला रहेको संघको तथ्यांक छ ।
नेपालमा धागोका लागि आवश्यक कच्चा पदार्थ उत्पादन हुँदैन । कच्चपदार्थ आयातगर्दा समेत ७० प्रतिशतसम्म भ्यालु एड गर्छ ।

संघका अनुसार टर्कीमा ३ अर्ब रुपैयाँ बराबरको धागो निर्यात हुँदै आएको छ । उद्योगमा ३० अर्ब रुपैयाँ लगानी रहेको छ । ‘हाम्रो उद्योगले विश्वस्तरीय धागो उत्पादन गर्छ । गुणस्तरका हिसाबले पनि हामी उत्कृष्ट छौं,’ उनले भने, ‘तर सरकारी नीतिका कारण स्वदेशमै हाम्रो खपतकम छ ।’

संघका उपाध्यक्ष विष्णु न्यौपानेकाअनुसार यस उद्योग रोजगार मूलक उद्योगको रुपमा परिचितछ । तर धागो उद्योग प्रति सरकारले हेर्ने दृष्ट्रिकोण सकारात्मक नरहेकोले उद्योगीहरु मरमा परेको उनले बताए ।

स्वदेशी धागो उद्योगलाई हेर्ने दृष्टिकोण मात्रै सकारात्मक भएमा यो उद्योगले गुणात्मक फड्को मार्न सक्ने उनी बताउँछन् । नेपालबाट निर्यात हुने बस्तुमध्येमा विदेशी मुद्रा आर्जन गर्नेमा धागो उद्योग प्रमुखमा पर्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL