Logo

मर्मतपछि निगमको बोइङ मगलबार आइपुग्ने, दशै अघिनै नियमित उडान

मर्मतपछि निगमको बोइङ मगलबार आइपुग्ने, दशै अघिनै नियमित उडान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित मर्मतका लागि सिंगापुर लगिएको बोइङ मंगलबार काठमाडौं आइपुग्ने भएको छ । बोइङको मर्मत सकिएको र नेपालबाट पाइटल तथा प्राविधिकको टोलि गएर ल्याउने निगमका सहायक प्रवक्ता शैलेश कंशाकारले जानकारी दिए ।

उनका अनुसार काठमाडौं आइपुगेको ५/ ६ दिन पछी उडान भरिने छ । मर्मत गरेर ल्याएको ५/६ दिनसम्म उडाउन नमिल्ने उनले जानकारी दिए ।
बि ७५७–२०० सिरिजकोको बोइङले दशैमा सेवा दिने भएको हो । अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमताको ‘बि७५७–२००’ सिरिजको ‘९एन–एसिबी’ कलसाइन भएको जहाज जुलाइ १४ मा नियमित मर्मत (सि–चेक) गर्न सिंगापुर लगिएको थियो ।
जहाज मर्मत गर्न ३० करोड रुपैयाँ खर्च लाग्ने निगम ब्यवस्थापनको अनुमान छ । निगमले बोइङ नियमित मर्मतका लागि सिंगापुर पठाएपछि ४० प्रतिशत नियमित उडान कटौती गरेको छ ।

निगमले जहाज भाडामा लिएर नियमित उडान भर्ने भनेपनि मन्त्रालयबाट स्वीकृति नपाएपछि उडान कटौती गर्नु परेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भुटानबाट भाडामा लिन लागेको जहाज हवाई नीतिले ब्यवस्था गरेको भन्दा पुरानो भएको भन्दै अन्तिम स्विकृति दिएको थिएन । बोइङ नेपाल आएपछी आठ गन्तव्यमा नियमित उडान भर्ने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL