Logo

चीनबाट ल्याउने इन्टरनेटको प्राविधिक परीक्षण यसै साता, मंसिरदेखि व्यवसायीक सञ्चालन

चीनबाट ल्याउने इन्टरनेटको प्राविधिक परीक्षण यसै साता, मंसिरदेखि व्यवसायीक सञ्चालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चीनबाट ल्याउन लागिएको इन्टरनेटको अप्टिकल फाइबर सम्पर्क पुर्नस्थापित (फिक्स) गरिएको छ । रसुवागढी र केरुङको बीचमा पहिरो गएपछि विच्छेद भएको फाइबर पुर्नस्थापित गरिएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । उनका अनुसार सो फाइबरको प्राविधिक परीक्षण भने हुनबाँकी छ ।

१ हप्ताभित्र अप्टिकल फाइबरको परीक्षण ‘टेस्टिङ’ गर्ने तयारी भएको समेत उनले जानकारी दिए । हिउँले पुरिएर चीनतर्फको भागमा अप्टिकल फाइबर भाँचिएको थियो । चाइना टेलिकमले सोही रुटबाट ब्यान्डवीथ पठाउँदा अवरोध हुने तथा व्यवसायिक रुपले आदानप्रदान गर्न अप्ठ्यारो पर्ने भएकोले रिस्टोर गरेर मात्र पठाउने जानकारीे नेपाल टेलिकमलाई गराएको थियो ।

चिनियाँ पक्षले उक्त मार्ग निर्माणको काम सकिने वित्तिकै व्यवसायिक रुपमा इन्टरनेट नेपालमा आउने जानकारी गराएको हो । सोही अनुरुप आगामी मंसिरसम्म इन्टरनेट ल्याउने गरी काम अघि बढेको अधिकारीले जानकारी दिए ।

टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । रसुवाको जिलोङ गेटवे हुँदै चिनियाँ इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिने छ । टेलिकम र चाइना टेलिकम ग्लोवल बीच चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी २०७३ मंसिरमा सम्झौता भएको थियो ।

व्यावसायिक सम्झौता भएको ३ महिनामा ब्यान्डविथ भित्राउने लक्ष्य रहेको भएपनि तिब्बतर्फको अप्टिकल फाइबर संरचनामा क्षतिपुग्दा ब्यान्डवीथ भित्राउन ढिलाइ भएको हो । हाल नेपालले भारत हुँदै आएको इन्टरनेट प्रयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL