Logo

निगमको कलसाइन जहाज मर्मत अन्तिम चरणमा, दशै अघि नै उडान भरिने

निगमको कलसाइन जहाज मर्मत अन्तिम चरणमा, दशै अघि नै उडान भरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कलसाइन जहाजले दशैअघि देखि उडान भर्ने भएको छ । हाल मर्मतको क्रममा रहेको बि ७५७–२०० सिरिजकोको कलसाइनबाट भदौ भित्रै उडान भरिने निगमका सहायक प्रवक्ता शैलेश कंशाकारले जानकारी दिए । ‘अगष्ट ६ तारिकसम्म मर्मत गरेर नेपाल ल्याउने छौं,’ उनले भने, ‘१० तारिकबाट उडान भर्ने छौं ।’ मर्मत गरेर ल्याएको ५÷६ दिनसम्म उडाउन नमिल्ने उनले जानकारी दिए ।

कंशाकारका अनुसार तोकिएको मितिभन्दा १÷२ दिन तलमाथि भएपनि दशै अघिबाट सेवा शुरु गरिने छ । अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमताको ‘बि७५७–२००’ सिरिजको ‘९एन–एसिबी’ कलसाइन भएको जहाज जुलाइ १४ मा नियमित मर्मत (सि–चेक) गर्न सिंगापुर लगिएको थियो ।

हालै निगमका एक टोलि सिंगापुरतर्फ प्रस्थान गरेका छन् । सो जहाजको पछिल्लो अवस्थाबारे बुझ्न र लिन निगमका ५ जना प्रतिनिधि सिंगापुरतर्फ प्रस्थान गरेका छन् । साथै मर्मतको क्रममा निगममा २ जना कर्मचारी सिंगापुरमै बसेको कंशाकारले बताए । ‘जहाजको पाटपुर्जा फेरेको रेकर्ड राख्न तथा रिपोर्टिङका लागि २ जना मर्मत भइरहेको ह्यांगरमा नै बसेका छन्,’ उनले भने, ‘मर्मत सकेर यो जहाज काठमाडौं आउने तयारीमा छ ।’

जहाज मर्मत गर्न ३० करोड रुपैयाँ खर्च लाग्ने निगम ब्यवस्थापनको अनुमान छ । निगमले बोइङ नियमित मर्मतका लागि सिंगापुर पठाएपछि ४० प्रतिशत नियमित उडान कटौती गरेको छ । निगमले जहाज भाडामा लिएर नियमित उडान भर्ने भनेपनि मन्त्रालयबाट स्वीकृति नपाएपछि उडान कटौती गर्नु परेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भुटानबाट भाडामा लिन लागेको जहाज हवाई नीतिले ब्यवस्था गरेको भन्दा पुरानो भएको भन्दै अन्तिम स्विकृति दिएको थिएन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL