Logo

मन्त्री भन्छन् ‘अटोमोबाइल क्षेत्रले राजस्व तिरेर मात्र पुग्दैन’

मन्त्री भन्छन् ‘अटोमोबाइल क्षेत्रले राजस्व तिरेर मात्र पुग्दैन’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भौतिक यातायत तथा पूर्वाधार मन्त्री बीरबहादुर बलायर अटोमोबाइल क्षेत्रले राजस्व तिरेर नपुग्ने बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्दघाटन गर्दै उनले यस्तो बताएका हुन् । साथै राजश्व संकलन गरेर सहयोग गरेको यस क्षेत्रले आफ्नो व्यापारिक स्वार्थ भन्दा पनि देशको हितको बारेमा सोच्न आग्रह गरे ।

कार्यक्रममा मन्त्रि बलायरले मुलुकको पूर्वाधारलगायत सम्पूर्ण विकासका लागि अटो क्षेत्रको ठूलो भुमिका रहनेका बताएका थिए । सो अवसरमा उनले यातायात क्षेत्रको विकासका लागि सातै प्रदेशमा प्रिन्टर राखेर स्मार्ट लाईसेन्स वितरण गरिने जानकारी दिए।

नडाका अध्यक्ष अञ्जन श्रेष्ठले गाडी आयातमा लागेको भन्सार शुल्क घटाउनुपर्ने आग्रहको मन्त्री बलायरले गाडी कुन प्रायोजनका लागि आवश्यक पर्नेहो भन्ने कुरा खुलेमा सरकार भन्सार मात्र नभइ गाडी किन्न नै अनुदान दिन समेत तयार रहेको बताए ।

त्यस्तै सडक मर्मत तथा स्तरोन्नतीक लागि पैसा दिए पनि त्यसको सदुपयोग नभएको बताए। ‘सडकको स्तरोन्नती गर्न भनेर दिएको पैसा सडक मर्मतमै खर्च हुनु पर्नेमा सरकारी खर्च चलाउने गरेको पाइएको छ ’ उनले भने ।

कार्यक्रममा नाडाका अध्यक्ष अन्जन श्रेष्ठले अटो मोबाइल क्षेत्र पारदर्शी र सबैभन्दा बढी राजस्व तिर्ने क्षेत्र भएको बताए । कार्यक्रममा उनले नागढुंगा कलंकी सडक खण्डमा अत्याधि जाम हुने भन्दै सो समस्याको समाधान गर्न सरकार समक्ष आग्रह गरे ।
मन्त्रिले उपत्यकामा मोटरसाईकल ट्याक्सी सञ्चालन गर्न आन्तरिक छलफल गरिरहेको पनि उनले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अझै पनि धेरैले अटोमोवाईल क्षेत्रलाई अनुत्पादक क्षेका रुपमा लिने बताएका तिए । ‘हहिले पनि गाडीलाई सडक जाम, प्रदुषण, अनुत्पादक क्षेत्र भनेर बुझ्ने गरेको पाइएको छ ’ उनले भने ‘तर अटोमोबाइल विना उद्योग धन्दा कलकारखाना चल्नु असम्भवप्राय छ ।’
नेपाल चेम्बर अफ कमर्समा अध्यक्ष राजेशकाजी श्रेष्ठले उपत्यकामा बजार २४ घण्टानै खुल्ला राखेकोले यातायात पनि २४ घण्टा चलाउन मिल्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे। यसैबीच उक्त अवसरका नाडाले १० लाख रुपैयाँ नेपाल उद्योग वाणिज्य महासंघ मार्फत बाढीपीडितका लागि हस्तान्तरण गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL