Logo

भाग्यशाली मेभिस, जसले जितिन् ७७ अर्बको चिठ्ठा

भाग्यशाली मेभिस, जसले जितिन् ७७ अर्बको चिठ्ठा


बिजखबर संवाददाता
0
Shares

लेडिज एण्ड जेण्टलमेन, एण्ड द विनर इज मेभिस वेन्जिक….

बुधबार संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा भएको यो घोषणाले एकपटक विश्वलाई तरङ्गित बनायो । घोषणासँगै विश्वभर एकजना महिलाको कथा उतार्न सञ्चार माध्यमले जोडतोड लगाए ।

उत्तर अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो र व्यक्तिगत रुपमा विश्वकै सबैभन्दा धेरै धनराशीको चिठ्ठा हात पार्ने भाग्यमानी तीनै मेभिस केहि दिनयता निकै चर्चित छिन् । ७७ अर्ब ३१ करोड रुपैयाँ अर्थातत ७५ करोड ८७ लाख डलर बराबरको चिठ्ठा जसलाई पावर बलको नामले चिनिन्छ, त्यसको हकदार बन्नु वास्तवमै ठूलो भाग्य हो । भाग्यको बलियो साथ पाएकी मेभिसले घोषणा पछिको पत्रकार सम्मेलनमा हँसिलो अनुहारसहित आफूले काम गर्दै आएको ठाउँबाट सधैका लागि विदा लिएको बताइन् ।

मासाचुसेट्सकै अस्पतालमा काम गर्ने यी दुई सन्तानकी आमाले भनिन् ‘मैले मेरो रोजगारदातालाई फोन गरे र म अब आउँदिन भनेर जानकारी गराए’ । उनले यो घोषणापछि आफू अब शान्त पूर्वक आराम लिन चाहेको पत्रकारहरुलाई बताइन् ।

पावरबल सञ्चालकका अनुसार मेभिसले सुरुमा ४८ करोड डलर र कर पछि ३३ कररोड ६० लाख डलर लिने इच्छा व्यक्त गरेको बताएका छन् ।

कर पछि पनि मोभिसले पाउने पैसा माइक्रोनेसिया जस्ता ३२ करोड २० लाख डलर कुल गार्हस्थ्य उत्पादन भएका साना देशका तुलनामा अझ बढी हुनेछ ।

घोषणा भएको रातको अर्को दिन जब उनले काम छाडेर फर्कदै थिइन त्यतिबेला पनि उनले यस्तो हुन्छ भनेर नसोचेको प्रतिक्रिया दिएकी छन् । ‘यो मेरा लागि एउटा सपना थियो जुन् म सधै देख्ने गर्थें’ । जब उनले पावरबलको नम्बर हेरिन अनि आफू विजेता भएको उनलाई विश्वास लाग्यो ।

५२ बर्षिय मेभिस विगत ३२ बर्षदेखि मर्सि मेडिकल  सेण्टरको नर्सिङ डिपार्टमेण्टमा काम गर्दै आएकी थिइन् ।

केहि महिना अघि मात्रै उनले फेसबुकमा विदा चाहिएको भन्दै एउटा पोष्ट लेखेकी थिइन् ‘विदा मतलब नयाँ जागिर पाइयोस । समुद्रको किनारमा रम लिदैं’ ।

यो ज्याकपट एकल टिकटमा अहिलेसम्मकै सबैभन्दा धेरै राशीको हो । यसअघि सन् २०१६ को जनवरीमा तीन जनाले करिब एक अर्ब ६० करोड डलर रुपियाँको ज्यापट जितेका थिए ।

मेभिसले पाँच ओटा टिकट खरिद गरेकी थिइन् । जसमध्य दुई ओटा कम्प्युटरले सीर्जना गरेका थिए भने दुई ओटा नम्बर उनी आफैले रोजेकी थिइन् । जुन् टिकटबाट उनले जित हासिल गरिन् त्यसमा उनको परिवारको जन्ममिती सहितको अङ्क रहेका् उनले बताइन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL