Logo

सिमेन्ट र बिलेटको आयात १०० प्रतिशत बढ्दा चामल आयात बृद्धिदर घट्यो

सिमेन्ट र बिलेटको आयात १०० प्रतिशत बढ्दा चामल आयात बृद्धिदर घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा १ दर्जन बस्तुहरुको आयात १ सय प्रतिशतभन्दा बढीले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सिमेन्ट, एमएस ब्लेड, बिटुमिटलगायतका बस्तुहरुको आयात शतप्रतिशतभन्दा बढीले बढ्न पुगेको हो ।

नेपाली ब्यवसायीहरुले नेपाल पछिल्लो समय सिमेन्टमा आत्मनिर्भर बन्दै गएको बताएपनि सोको तुलनामा आयात उच्च रुपमा बढेको तथ्याङ्कले देखाउँछ । गत आबमा सिमेन्टको आयात १ सय ५ प्रतिशतले बढ्दै २४ अर्ब रुपैयाँभन्दा बढीको भित्रिएको छ ।

यसैगरी सोही अबधिमा एमएस बिलेट पनि १ सय ५ प्रतिशतले बढ्दै ४६ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ । जुन अघिल्लो आबमा १४ प्रतिशतले घट्दै २२ अर्ब ६५ करोड रुपैयाँको मात्र आयात भएको थियो ।

गत आबमा मोलासिस सुगर, एयरक्राफ्ट स्पेयरपार्टस, खाद्य तेललगायतका बस्तुको आयात १ सय प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यस्तै अघिल्लो आबमा ४० प्रतिशतले घटेको पेट्रोलियम पदार्थ गत आबमा ८१ प्रतिशते बढ्दै १ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको छ ।

तर, सो अबधिमा चामल आयातको बृद्धिदर भने घटेको छ । अघिल्लो आबमा ४० प्रतिशतले बढेको चालमको आयात गत अबमा आइपुग्दा बृद्धिदर घट्दै ७ प्रतिशतमा सिमित भएको छ । सो आबमा कुल २३ अर्ब ६० करोडको चामल आयात भएको छ ।

यसैगरी सुन आयातको बृद्धिदर पनि ओरालो लागेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । आब २०७२÷७३ मा सुन आयात १ सय ५१ प्रतिशतले बढेकोमा गत आबमा आइपुग्दा बृद्धिदर घट्दै ७० प्रतिशतमा सिमिति भएको छ । गत आबमा कुल २७ अर्ब ४३ लाख रुपैयाँको सुन आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL