Logo

अब सिंहदरबारमा पनि ब्रोडब्याण्ड इण्टरनेट

अब सिंहदरबारमा पनि ब्रोडब्याण्ड इण्टरनेट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिंहदरबार र यस क्षेत्र आसपासमा पनि उच्च गतिको ब्रोडब्याण्ड इण्टरनेट उपलब्ध गराइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र तिलगंगास्थित सञ्चारग्राम क्षेत्रमा ब्रोडब्याण्ड इण्टरनेट उपलब्ध गराउन प्रक्रिया अघि सारेको छ ।

प्राधिरकणले आइतबार एक सुचना जारी गर्दै इण्टरनेट सेवा प्रदायकसँग ब्रोडब्याण्ड नेटवर्क विस्तार र इण्टरनेट उपलब्ध गराउन आवेदन माग गरेको छ । प्राधिकरणले आफ्नै नियमित कोषमार्फत यस्तो इण्टरनेट उपलब्ध गराउने जनाएको छ ।

प्राधिकरणका अनुसार सेवा प्रदायकले सेप्टेम्बर १८ सम्म आवेदन पेश गरिसक्नुपर्नेछ । प्राप्त आवेदनमध्य मूल्याङ्कनका आधारमा उत्कृष्ट सेवा प्रदायकलाई यसको जिम्मेवारी दिइने प्राधिकरणले जानकारी दिएको छ । सुचना तथा सञ्चार मन्त्रालयले यसअघि आफ्ना बार्षिक कार्यक्रम घोषणा गर्दै एक बर्षभित्रै यी क्षेत्रमा ब्रोडब्याण्ड इण्टरनेट उपलब्ध गराउने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL