Logo

२२ बाणिज्य बैंकले गरे १४ खर्ब लगानी, ओभर ड्राफ्टमै ४३% कर्जा, कुन क्षेत्रमा कसको कति कर्जा (सुचिसहित)

२२ बाणिज्य बैंकले गरे १४ खर्ब लगानी, ओभर ड्राफ्टमै ४३% कर्जा, कुन क्षेत्रमा कसको कति कर्जा (सुचिसहित)


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा बाणिज्य बैंकहरु १४ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत आर्थिक बर्षको वित्तीय बिबरण सार्बजनिक गरेका २२ वटा बैंकले विभिन्न क्षेत्रमा गरी सो बराबरको लगानी गरेका हुन् ।

सो अबधिमा बैंकहरुले सबैभन्दा बढी ओभर ड्राफ्ट, ट्रष्ट रिसिप्ट र अल्पकालिन कर्जामा प्रबाह गरेका छन् । सो शिर्षक अन्तरगत ६ खर्ब १९ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रबाह गरेका छन् । यसैगरी बाणिज्य बैंकहरुले दोस्रो बढी कर्जा अन्य क्षेत्र वा अतिरिक्त कर्जामा प्रबाह गरेका छन् । बाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो क्षेत्रमा ३ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

यसैगरी, बैंकहरुले टर्म लोन (आबधिक कर्जा) मा २ खर्ब ३२ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रबाह गरेका छन् । जुन कर्जा बैंकहरुले सिमित अबधिका लागि प्रदान गर्ने गर्छन । सो अबधिमा १ करोड रुपैयाँभन्दा तलका घर कर्जामा पनि १ खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेका छन् । राष्ट्र बैंकको नीति अनुरुप बैंकहरुले गत आबमा घर कर्जामा १ करोड रुपैयाँसम्म मात्र लगानी गर्दै आएका थिए । तर, चालू आबदेखि ब्यक्तिगत घर कर्जामा १ करोड ५० लाख रुपैयाँसम्म लगानी गर्न पाउनेछन् ।

बाणिज्य बैंकहरुले गत आबमा रियलस्टेट कर्जामा ८८ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेका छन् । यस अघि रियलस्टेट कर्जामा बढी कर्जा प्रबाह हुने गरेकोमा राष्ट्र बैंकले कडाई गरेसँगै केही कम देखिएको हो । सोही अबधिमा बैंकहरुले अतिरिक्त रियलस्टेट कर्जामा पनि ५३ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रबाह गरेको तथ्याङ्कले देखाएको छ ।

गत आबमा विभिन्न १९ वटा बाणिज्य बैंकले सेयर कर्जा (मार्जिन लेण्डिङ) मा २९ अर्ब १९ करोड कर्जा प्रबाह गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL