Logo

२० अर्ब नाफामा टेलिकम, एकै बर्षमा दुई अर्बले बढ्यो नाफा

२० अर्ब नाफामा टेलिकम, एकै बर्षमा दुई अर्बले बढ्यो नाफा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारी लगानीको नेपाल टेलिकमले गत आर्थिक बर्ष २०७३/७४ मा दुई अर्ब रुपैयाँभन्दा बढी नाफा वृद्धि गरेको छ । टेलिकमले बुधबार प्रकाशन गरेको गत आर्थिक बर्षको अपरिष्कृत तथ्याङ्क अनुसार कर अघि दुई अर्ब २३ करोड ९३ लाख रुपैयाँ बराबरको नाफा बढेको हो । गत आर्थिक बर्षमा टेलिकमले कुल २० अर्ब ४६ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा टेलिकमको कुल नाफा १८ अर्ब २२ करोड ४५ लाख रुपैयाँ थियो ।

कर पछिको नाफामा पनि टेलिकमले सुधार गरेको छ । कर पछि टेलिकमको खुद नाफा गत आर्थिक बर्षमा १५ अर्ब १ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा एक अर्ब ३३ करोड ५६ लाख रुपैयाँले बढी हो । सो बर्ष टेलिकमले १३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

टेलिकमले गत आर्थिक बर्षमा खर्च पनि घटाएको छ । आर्थिक बर्ष २०७२/७३ मा २५ अर्ब ९८ लाख ४६ करोड रुपैयाँ खर्च गरेको टेलिकमले गत आर्थिक बर्षमा २४ अर्ब २६ लाख ७१ करोड रुपैयाँ खर्च गरेको छ । टेलिकमको कुल आम्दानीमा भने सामान्यमात्र वृद्धि देखिएको छ । तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा टेलिकमको आम्दानी ६२ करोडले बढेर ४४ अर्ब ८३ करोड १० लाख रुपैयाँ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL