Logo

सशस्त्र र नेपाल प्रहरीमा जागिरको अवसरै अवसर, जवानदेखी डीएसपीसम्म ३७ सय प्रहरी माग

सशस्त्र र नेपाल प्रहरीमा जागिरको अवसरै अवसर, जवानदेखी डीएसपीसम्म ३७ सय प्रहरी माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल प्रहरी १ हजार २ सय ६९ जना कर्मचारी माग गरेको छ । नेपाल प्रहरीले आज आवेदन माग गर्दै प्रहरी जवानदेखि प्रहरी नायव उपरिक्षक (डीएसपी) सम्म माग गरेको हो ।

नेपाल प्रहरीलेले सबैभन्दा बढी आवेदन प्रहरी जवानमा माग गरेको छ । प्रहरीले जवानमा खुला र समावेशी गरी ६ सय ७६ जना माग गरेको छ । यसैगरी सहायक प्रहरी निरीक्षकमा पनि ३ सय १४ जना माग गरेको छ । जसमा खुलातर्फ १ सय ६९ जना रहेका छन् भने अन्य समावेशी कोटामा रहेका छन् ।

यसैगरी, प्रहरी निरीक्षकमा पनि ९१ जना माग गरको छ । जसमा खुलातर्फ ४९ जना रहेका छन् भने अन्य समावेशी कोटामा रहेका छन् ।

नेपाल प्रहरीले प्राविधिकतर्फ प्रहरी नावय उपरिक्षक (डीएसपी) सम्म माग गरेको छ । आज विज्ञापन प्रकाशित गर्दै डीएसपीमा १२ जना डक्टर माग गरेको छ भने प्राविधिक प्रहरी निरीक्षकमा पनि ३७ जना माग गरेको छ ।

यसैगरी प्रहरी सहायक निरीक्षतर्फ १० जना नर्स सहित १५ जना माग गरेको छ भने संचारतर्फ पनि ३ जना प्रहरी निरीक्षक र २० जना प्रहरी सहायक निरीक्षक माग गरेको छ । यस्तै सुचना प्रविधि र अटोमोवाइल इञ्जिनियरतर्फ पनि प्रहरी निरीक्षक र सहायक निरीक्षक माग गरेको छ ।

उक्त पदका लागि भदौं ४ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यसैगरी आजैमात्र विज्ञापन प्रकाशित गरी सशस्त्र प्रहरीले पनि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शसस्त्रले कुल २ हजार ५ सय कर्मचारी माग गरेको छ । सशस्त्रले प्रहरी जवान लगायत तल्लो पदमा मात्र कर्मचारी माग गरेको छ ।

सशस्त्रले प्रहरी जवानमा २ हजार ३ सय कर्मचारी माग गरेको छ । जसको खुलातर्फ १ हजार २ सय १९ जना माग गरेको छ भने अन्य समावेशीतर्फ रहेको छ ।

यसैगरी भान्छेमा १ सय ५, चर्मकर्मीमा २०, परिचर २५, सुचिकार १५ र कुचिकारमा ३५ जना कर्मचारी माग गरेको छ । सो पदका लागि आजदेखि भदौं २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL