Logo

बर्षाले पूर्वका सबै उडान स्थगित

बर्षाले पूर्वका सबै उडान स्थगित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शनिबार पूर्वका सबै उडान स्थगित भएका छन् ।

शुक्रबारदेखि लगातार भएको बर्षाले पूर्वका विभिन्न स्थानका बाढी आउदा उडान अबरुद्ध भएको त्रिभुबन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिए । ‘बाढीले गर्दा अधिकांश विमानस्थलमा पानी जमेका छन्,’ उनले भने ‘यसले गर्दा सबै एयरलाइन्स कम्पनीले पूर्वका उडान रद्द गरेका हुन् ।’

अन्तरराष्ट्रिय विमानस्थलका अनुसार शुक्रबार भरतपुर, बिराटनगर, भद्रपुर, तुम्लिङटारको उडान अबरुद्ध भएका हुन् ।

त्यस्तै शनिबार बिहान पोखरा तथा सिमराको उडान पनि स्थगित भएको थियो ।

शनिबार पश्चिमको उडान भने अबरुद्ध नभएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए । तस्विर- फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
MBL