Logo

४३ हजार ट्रेडमार्क दर्ता हुँदा पेटेन्ट दर्ता ७४ मात्रै, डिजाइनमा पनि आकर्षण कम

४३ हजार ट्रेडमार्क दर्ता हुँदा पेटेन्ट दर्ता ७४ मात्रै, डिजाइनमा पनि आकर्षण कम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा हालसम्म करिब ४३ हजार ट्रेडमार्क दर्ता भएका छन् । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक बर्षसम्म४२ हजार ८ सय ६७ ओटा ट्रेडमार्क दर्ता भएका हुन ।

जसमध्ये गतआर्थिक बर्षमा मात्रै २ हजार २ सय ८० ओटा ट्रेडमार्क दर्ता भएको छ । जुन अघिल्लो आवकोभन्दा कम हो । अघिल्लो आवमा २ हजार ३ सय ९८ ओटा ट्रेडमार्क दर्ता भएको थियो । त्यस्तै आर्थिक बर्ष २०७२/७२ मा २ हजार ७२ ट्रेडमार्क दर्ता भएका थिए । यसरी नेपालमा औद्योगिक बौद्धिक सम्पत्तीको रुपमा लिइने ट्रेडमार्क दर्ताको संख्या उत्साहनक नै छ ।

४२ हजार ओटा ट्रेडमार्क दर्ता भए पनि उत्तिकै महत्व भएको पेटेन्ट र डिजाइनको दर्ता भने न्युन देखिएको छ । बिभागमा हालसम्म १ सय ७४ ओटा डिजाइन र ७४ ओटा पेटेन्ट दर्ता भएको छ ।

विभागका इन्जिनियर शैलजा गुरुङका अनुसार अघिल्लो दुई आर्थिक बर्षमा एउटा पनि पेटेन्ट दर्ता भएका थिएनन् । तर, गतआवमा डिजाइन भने २४ ओटा दर्ता भएको थियो । उद्योग व्यवसायलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन पेटेन्ट र डिजाइनलाई ट्रेडमार्क जतिकै महत्वपूर्ण मानिए पनि यस सम्बन्धी ज्ञान नहुँदा आकर्षण कम भएको उनले बताइन् ।

त्यसो त पेटेन्ट दर्ताका लागि नयाँ कुराको आविष्कार, औद्योगिक रुपमा सहयोगीलगायतका विशेषता पनि हुनुपर्छ । उद्योग विभागमा पछिल्लो समय २०६८ मा वायरलेस कम्युनिटि रेस्क्यु राइरनको पेटेन्ट दर्ता भएको थियो । २०७१ मा त्यस्तै ‘मल्टी लेयर प्रेसर कुकर’ र ‘पाइलट लेस एयरक्राफ्टको पेटेन्ट दर्ता’ भएको थियो ।

ट्रेडमार्क कुनै कम्पनी वा उद्योगको आफ्नो व्यापारिक चिह्न या लोगो हो । विभागकाअनुसार कुनै पनि ट्रेडमार्क एकपटक दर्ता गरेपछि ७ वर्षमा नविकरण गर्नुपर्छ ।

यस्तै पेटेन्ट भनेको प्रयोगकर्ताको अधिकार हो । कुनै वस्तुको उत्पादन वा आविष्कार गर्दा राज्यले सो व्यक्ति वा संस्थालाई वस्तुको प्रयोग, उत्पादन र बिक्रीका लागि दिने अधिकार नै पेटेन्ट हो ।

सरकारले एकपटक पेटेन्ट दर्ता गरेपछि ७ बर्षसम्म प्रयोग गर्न सुबिधा दिन्छ । साथै दुई पटकसम्म नविकरण गर्न समेत सक्छ । त्यसरी पेटेन्ट दर्ता गरेपछि उक्त वस्तु अरु कसैले अनुमति विना उत्पादन गर्न पाईँदैन ।

डिजाइन भनेको कुनै वस्तुको आविष्कार हो । अथवा, वस्तुको उत्पादन पनि हो । यो देखिने आकारमा रहेको हुन्छ । यसरी एकपटक गरेको डिजाइन दर्ता गरेपछि १५ वर्षसम्म आफ्नो एकाधिकारमा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL