Logo

फोरजीले बढायो डेटा खपत, दैनिक २७ टिबी प्रयोग

फोरजीले बढायो डेटा खपत, दैनिक २७ टिबी प्रयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएसँगै मोबाइल डेटाको प्रयोग बढेको छ । टेलिकमको डेटा खपत झण्डै दोब्बरले बढेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले बताए ।
‘फोरजी सञ्चालनमा आउनुअघि दैनिक १६ टिबी डेटा खपत हुने गरेको थियो,’ उनले भने, ‘अहिले २७ टिबी खपत हुन्छ ।’ फोरजीबाट तुलनात्मक रुपमा  तिव्र गतिमा डेटा चलाउन सकिने भएकोले यसको खपत बढेको उनले जानकारी दिए ।
नेपाल टेलिकमले गत पुस १७ गते देखि फोरजी सेबा सञ्चालनमा ल्याएको हो । शुरुमा पोष्टपेडमा फोरजी उपलब्ध गराएकोमा पछी प्रिपेड फोनमा समेत यो सुविधा उपलब्ध गराएको थियो ।
हाल फोरजीका काठमाडौं र पोखरामा गरी साढे ५ लाख ग्राहकहरु छन् । साथै छिटै फोरजी सेवालाई देशभर पुर्याउने उद्देश्यसहित तयारी थालेको अधिकारीले जानकारी दिए । ‘हाल देशभर फोरजी सेवा उपलब्ध गराउन टेन्डरको प्रक्रिया अगाढी बढाउन लागेका छौं’ उनले भने ।
अधिकारीका अनुसार शुरुमा १५ ओटा उपमहानगरपालिका र मुख्य शहरहरुमा फोरजी सेवा उपलब्ध गराइने छ । टेलिकमले इटहरी र धरान, जनकपुर, हेटौंडा, भरतपुर, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज ललितपुरलगायत १५ उपमहानगरपालिकामा छिट्टै फोर जी सेवा विस्तारको तयारी गरेको हो । साथै विस्तारै नगरपालिका तथा गाउँपालिकामा विस्तार गरिने सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL